• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए

घरमा विद्युत जडान गर्दा करेन्ट लागेर मोरङमा एक जनाको मृत्यु



फाइल फोटो

विराटनगर । घरमा विद्युत जडान गर्दा करेन्ट लागेर मोरङको ग्रामथान गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ग्रामथान गाउँपालिका ७ नेता चोकका ३५ वर्षीय उमालाल पाँचकोटी रहेका छन् ।

आफ्नै घरमा विद्युतको तार जोड्ने क्रममा आइतबार राति ९ बजेतिर अचानक करेन्ट लागेर उनी घाइते भएका थिए। गम्भीर घाइते पाँचकोटीको उपचारका क्रममा राति १० बजे नोबेल शिक्षण अस्पताल विराटनगरमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए।