१ पुष २०८२, मंगलवार
,
Latest
ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को शिर्ष गीत रिलिज



अ+ अ-

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को शिर्ष गीत रिलिज भएको छ । सार्वजनिक गीतमा कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माले स्वर दिएका छन् ।बैजु कर्मचार्यको निर्देशनमा बनेको भिडियोमा गायकद्धय कालीप्रसाद र अनुपम फिचर छन् ।गीतको शब्द पनि बाँस्कोटा र शर्माले नै तयार गरेका हुन् ।

भिडियोको कन्सेप्ट पनि कालीप्रसाद कै हो । गीतमा संगीत भने श्रृजना सन्नी सुमनले दिएका छन् ।सिनेमा आर्टको ब्यानरमा बनेको यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् । चलचित्रको पटकथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् ।मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियारको लगानी रहेको चलचित्रमा रुदेन सदा लोप्चा सह–निर्माताको रुपमा रहेका छन् । शैलेन्द्र डी कार्कीले खिचेको चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् ।

असोज ३ गतेबाट रिलिज हुने यो चलचित्रमा दयाहाङ राई, कर्मा, उपासना सिंह ठकुरी, बुद्दि तमाङ, विल्सन बिक्रम राई, विजय बराल लगायतको मुख्य भूमिका रहेको छ ।