६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोहोर व्यवस्थापनमा सुधार नआएपछि अष्ट्रेलियाली प्रधानमन्त्री रुष्ट



अ+ अ-

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा प्लाष्टिकको पुनःप्रयोगको मात्रा अन्त्यन्त न्युन भएकोमा रोष प्रकट गरेका छन् । प्लाष्टिकको पुनप्रयोगको मात्रा १२ प्रतिशत मात्रै भएको भन्दै उनी रिसाएको अधिकारीहरुले जनाएका छन् ।

उनले प्लाष्टिकको पुनर्प्रयोगका लागि रचनात्मक काम गर्न दुई करोड अष्ट्रेलियाली डलरको कोष बनाइएको घोषणा पनि गरे। सिड्नीमा उनले बुधबार यो कोषसहितको परियोजनाको घोषणा गरेका हुन् । प्रधानमन्त्री मोरिसनले अष्ट्रेलियाको फोहोर नष्ट गर्ने उद्योगहरु बन्द गर्ने आदेशको आवश्यकता भएको पनि बताए ।

“हामीले आफ्ना सन्तान र हामी आफैँलाई पनि प्लाष्टिकको बोतल छुट्टै एकै ठाउँमा राख्नु पर्छ भन्नु पर्ने भएको छ,” उनले भने । प्रधानमन्त्री मोरिसनले थप्दै भने “एक पटक प्रयोग भइसकेका प्लाष्टिकका सामग्रीहरु फेरि प्रयोग गर्न मिल्ने बनाउन हामी सबैले प्रतिज्ञा गर्नुपर्ने छ ।”

अष्ट्रेलियाबाट हरेक बर्ष १५ लाख टन कवाडी सामानहरु अन्य देश पठाइने गरेको छ । त्यसमा प्लाष्टिक, सिसा, कागजलगायतका सामग्रीहरु रहेको उनले बताए ।“फोहोरलाई देशभित्रै व्यवस्थापन गर्नु हाम्रो पहिलो जिम्मेवारी हो,” प्रधानमन्त्री मोरिसनले भने । अष्ट्रेलियाको वातावरणको संरक्षण गर्नु नै यो घोषणाको मुख्य उद्देश्य भएको पनि उनले बताए ।