१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित

कलङ्की–चाबहिल सडक विस्तारको तयारी शुरु

कलङ्की–चाबहिल सडक विस्तारको तयारी शुरु
अ अ+ अ-

काठमाडौँ । चीन सरकारले चक्रपथको कलङ्कीदेखि चावहिलसम्मको सडक विस्तारका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) अध्ययन गरिरहँदा यस खण्डमा सडक खाली गराउने काम शुरु भएको छ । सडक विभाग, चक्रपथ सुधार योजनाले कलङ्कीदेखि महाराजगञ्ज हुँदै चावहिलसम्म सडकको अधिकार क्षेत्रभित्र पर्ने स्थान खाली गराउन लागेको हो ।

सडकमा रहेका रूख, बिजुलीको पोल, खानेपानीको पाइपलगायतका संरचना हटाउन लागिएको योजनामा कार्यरत इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताए । उनका अनुसार कतिपय संरचना हटाउनका लागि विभिन्न निकायसँग सहकार्य हुनेछ । उनले भने, “ठेक्का गरेर भएका रूख कटाउनेलगायतका काम शुरु गरिएको छ ।”

चक्रपथको चौडाइ सडकको मध्य भागबाट ३१ मिटर रहेको छ । चिनियाँको प्रतिवेदन आएपछि नै सडकको चौडाइ कति कायम हुने भन्ने टुङ्गो लाग्ने इञ्जिनीयर शर्माले बताए। उनले भने, “अहिले हामीले चक्रपथको मापदण्डका आधारमा सडक खाली गराउन लागेका छौँ ।”

चक्रपथको पहिलो खण्डका रुपमा रहेको कोटेश्वर–कलङ्की सडक सम्पन्न हुनासाथ दोस्रो खण्डको अध्ययन शुरु भएको हो । नेपाल सरकारलाई गत वर्ष नै चीन सरकारले निर्माण सम्पन्न गरेर सडक हस्तान्तरण गरिसकेको छ । अध्ययन गरिरहेको चीन सरकारले नै सो सडकको समेत विस्तारको काम गर्नेछ ।