५ असार २०८३, शुक्रबार
,
Latest
बर्ड फ्लु संक्रमणपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द नेपाल स्काउटलाई समयानुकूल पुनर्संरचना गर्दै नयाँ कार्यसमिति ल्याइन्छः शिक्षामन्त्री पोखरेल सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि अध्यादेश ल्याउनुपरेको होः कानूनमन्त्री गौतम रास्वपा सांसदहरूले गभर्नर पौडेललाई सोधे–दुई तिहाई बहुमतको सरकारले निजी क्षेत्रमैत्री बजेट ल्याउँदा पनि कर्जा विस्तार… नयाँ चलचित्र ऐनलाई समयसापेक्ष र व्यावहारिक बनाउन सरकार प्रतिवद्ध छः सञ्चारमन्त्री तिमिल्सिना राष्ट्रियसभा : विस्थापित सुकुम्बासीलाई खान, बस्न र औषधापचारको व्यवस्था गर्न माग अर्थमन्त्री वाग्लेद्वारा वैदेशिक ऋण बाध्यता भएको स्पष्टिकरण, उत्पादनमूलक क्षेत्रमा लगानी भएकाले नआत्तिन आग्रह सरकारद्वारा १० मेगावाटसम्मका जलविद्युत् परियोजनाको पीपीए खुला, साना तथा मझौला आयोजनामा लगानी प्रवर्द्धन गर्ने लक्ष्य बैंकिङ संकट व्यवस्थापनका लागि राष्ट्र बैंकलाई ‘एकै रातमा निर्णय गर्ने’ विशेष अधिकार आवश्यक छ: गभर्नर… कक्षा १२ को नतिजा ४० दिनमै सार्वजनिक, सुशासन र शैक्षिक सुधारको महत्वपूर्ण उपलब्धि हाे: शिक्षामन्त्री…
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिभिजन सडक कार्यालय, दमौलीका कम्प्युटर अपरेटर उपर आरोप–पत्र दायर



अ+ अ-

दमौली । डिभिजन सडक कार्यालय, दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल विरूद्ध विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ । निज कम्प्युटर अपरेटर प्रकाश पौडेल र
Wild Strong Consultancy का सुमित शाहीले सडक स्तरोन्नति सम्बन्धी योजनाको भुक्तानी गरिदिए बापत विभिन्न बहानामा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले प्रकाश पौडेल र सुमित शाहीलाई पक्राउ गरेको हो ।

उनीहरुले सेवाग्राहीसँग रू१,७५,०००। (एक लाख पचहत्तर हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा उक्त रकम सहित रङ्गेहात नियन्त्रणमा लिएको थियो । प्रकाश पौडेलले सेवाग्राहीसँग सडकखण्ड स्तरोन्नति आयोजनाको कार्यसम्पन्न अन्तिम बिल भुक्तानी प्रयोजनको लागि ठेक्का साइनिङबापत र अफिस मिलाउनको लागि भनी सेवाग्राहीको काम नै नगरी आलटाल गरी घुस रिसवत दिन बाध्य पारी रू। १,७५,०००।– ढएक लाख पचहत्तर हजार) घुस लिएको खुल्न आएको हो ।

आज विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरिएको छ ।उनी विरुद्द आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।




भर्खरै