२२ असार २०८३, सोमबार
,
Latest
पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी सञ्जाल विदेशी प्रतिनिधिसँग प्रधानमन्त्री बालेनको पहिलो ‘वान-अन-वान’ कूटनीतिक भेट हुँदै स्वास्थ्यमन्त्री मेहताको सक्रियता,कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन गृहमन्त्रीसँग संयुक्त निरीक्षण ऊर्जा मन्त्री श्रेष्ठका १०० दिन: १३८ मेगावाट विद्युत् थप, नीतिगत सुधारमा जोड बेलिङ्घमको दुई गोलमा इङ्गल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनाधिकृत घुम्ति व्यापार गर्न नपाइने नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेलभित्रैबाट फिरौती असुली !



अ+ अ-

काठमाडौँ । हत्याको अभियोगमा थुनामा रहेका समीरमान बस्नेतले जेलभित्रैबाट असुली धन्दा चलाएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरोले उनीनिकट दुई जनालाई पक्राउ गरेको छ । निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गरेको अभियोगमा बस्नेत सुन्धारास्थित केन्द्रीय जेलमा छन् ।

बस्नेतले आफूनिकटका व्यक्तिहरूलाई निर्माण व्यवसायी र सडक निर्माणको ठेक्का सम्हालिरहेकाहरूको व्यक्तिगत विवरण उपलब्ध गराएर असुली धन्दा चलाएको सूचना पाएपछि ब्युरोले पवन खडका र सुरेन नगरकोटीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो ।

संगठित समूहको आडमा अवैध असुलीको धन्दा चलाइरहेका बस्नेतको समूहले २३ असोज ०७४ मा घरबाट कार्यालय जाँदै गरेका गौचनलाई शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी हत्या गरेको थियो । हत्याको ३७ दिनपछि ब्युरोले घटनामा संलग्न मुख्य सुटरसहित ५ जनालाई पक्राउ गरेको थियो भने अढाई महिनापछि मंसिर तेस्रो साता मुख्य योजनाकार भनिएका बस्नेत भारतमा समातिएका थिए ।

गजुरमुखी कन्स्ट्रक्सका मुख्य लगानीकर्ता रहेका गुन्डा नाइके कुमार घैंटेले गौचनको डाँफे कन्स्ट्रक्सनमा २ करोड ५० लाख रुपैयाँ लगानी गरेका थिए । ०७२ भदौमा घैंटे मारिएपछि उक्त समूहमा रहेर काम गरेका बस्नेतले गौचनसँग सेयरबापतको रकम मागेका थिए ।

लेनदेनको विषयमा बस्नेत र गौचनबीच झगडा भएको थियो । ब्युरोका अनुसार गौचनले वीरगन्जदेखि विराटनगरसम्म जोड्ने हुलाकी सडक निर्माणको ठेक्का पाएपछि उक्त ठेक्काबापत आउने २० करोडको बस्नेतले २ प्रतिशत कमिसन मागेका थिए । यही माग पूरा नगरेपछि बस्नेतले भारत गोवा, दिल्ली र उत्तराञ्चललगायतमा बस्दै फिरौती असुलीको धन्दा चलाइरहेका मनोज पुनसँग मिलेर गौचनको हत्या गराएका थिए ।

केन्द्रीय कारागार सुन्धारामा रहेका बस्नेतले हाल जेलभित्रैबाट फिरौती असुलीको धन्दा चलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । स्रोतका अनुसार बस्नेतले केही निर्माण व्यवसायीहरूको कारोबारको विवरणलगायतका सूचना आफ्ना सहयोगीलाई दिएर रकम उठाउन लगाएका छन् ।

त्यही असुलीको काममा संलग्न रहेको भन्दै पवन र सुरेन पक्राउ परेका हुन् । यी दुवैलाई सुरुमा महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखिएको थियो । सार्वजनिक अपराधमा मुद्दा चलाएर झन्डै १८ दिन महाराजगन्ज वृत्तको थुनामा राखिएका उनीहरूलाई थप अनुसन्धानका निम्ति एक साताअघि केन्द्रीय अनुसन्धान ब्युरोको कार्यालय पुर्‍याइएको हो ।

पक्राउलगत्तै ललितपुरको नख्खु कारागार पुर्‍याइएका बस्नेतले जेलभित्रैबाट आफ्नो सञ्जाल चलाएको सूचना पाएपछि गृह मन्त्रालयको पहलमा २०७५ असोज १५ मा मुस्ताङ कारागार सरुवा गरिएको थियो । बस्नेतको सरुवालगत्तै उनकी पत्नीले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिन् ।

अदालती सुनुवाइका क्रममा काठमाडौं ल्याइएपछि बस्नेत केन्द्रीय कारागार सुन्धारामा छन्ब्युरोका एक प्रहरी अधिकारीले बस्नेतका सहयोगीहरूले केही निर्माण व्यवसायी र हुलाकी सडकको ठेक्कामा काम गरिरहेकाहरूलाई धम्क्याएर रकम असुल्ने प्रयास गरेको बताए ।

उनले भने, ‘केहीले पैसा दिए, केहीले दिन लागेको अवस्था भन्ने सूचना छ ।’ बस्नेतले जस्तै केन्द्रीय कारागारमा सजाय भुक्तान गरिरहेका आपराधिक पृष्ठभूमिका बाहुन डन भनिने रमेश पौडेलले पनि भित्रैबाट अपराधको सञ्जाल फैलाइरहेको शंका प्रहरीको छ । स्रोतका अनुसार रमेशले अहिले कारागारभित्रको क्यान्टिन आफ्नो हातमा लिएका छन् ।

स्रोत भन्छ, ‘क्यान्टिनबाट हुने ६०/७० हजारभन्दा धेरै आम्दानी उनको पोल्टामा गएको छ ।’ २३ साउनमा रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्द खड्कालाई धम्क्याउँदै २ करोड रुपैयाँ मागेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले लोप्सन र मिलन भनिने बाबुराम तामाङलाई घुँडामुनि गोली प्रहार गरेर पक्राउ गरेको छ । लोप्सन पक्राउपछि प्रहरी उनी निकटहरूको पुरानो गतिविधिको रेकर्ड खोतलिरहेको छ ।

संगतले अपराधमा
बाफलमा कुखुरापालन गरेर बसेका ३४ वर्षीय बस्नेत अपराधमा लागेको धेरै भएको छैन ।

व्यवसायकै क्रममा स–साना ठेक्कापट्टामा संलग्न हुन थाले । कुमार घैंटेसँग चिनजान भयो । घैंटेकै संगतबाट उनी अपराधको दुनियाँमा भिज्दै गए । दाबा लामा, गणेश लामाहरूको उपस्थिति बलियो बन्दै गएका बेला घैंटेले बस्नेतलाई अगाडि सारेरआफ्नो धन्दा चलाउन थाले ।

प्रहरी अधिकारीहरूका अनुसार घैंटेको हत्यापछि बस्नेतले आफ्नै समूह बनाएर फिरौती असुली गरिरहेका थिए । पछिल्लो समय उनी भारतका विभिन्न सहरमा बस्ने, भाइबर ह्वाट्स–एपमार्फत निर्माण व्यवसायी, बैंकका सीईओ र निजी स्कुल–कलेजका सञ्चालकसँग असुली धन्दा चलाइरहेका थिए । घैंटेको मृत्युपछि भारत पसेका बस्नेत मनोज पुन समूहसँग मिले ।

यही समूहले ०७३ चैत २९ मा गौरीघाटको दिव्या पार्टी प्यालेसको जिम हाउसमा दाबा लामालाई गोली हानेको थियो । समीरमानका मुख्य सहयोगी लोप्साङ लामाले नेपाली सेनाका भगौडा अमरबहादुर रानालाई प्रयोग गरी दाबामाथि गोली चलाएका थिए । ०७३ पुस ४ मा भैरहवामा एमालेनिकट युवा संघका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरिएको घटनामा पनि बस्नेतको साथ रहेको प्रहरी बताउँछ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।