१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

भड्किलो पार्टी नगर्नू बरी लै…



अ+ अ-

काठमाडौँ । चेलीलाई बोलाएर माइतीले दर खुवाउने तीजको पर्व अब पहिलेजस्तो छैन । दर खाने दिन आउनु महिनाअघिदेखि नै पार्टी प्यालेसमा समूह–समूहमा भेला भएर भड्किलो तरिकाले खानपान र नाचगान चल्छ । संघसंस्था र समूहहरूले खर्चिलो पाराको कार्यक्रम गर्छन् ।

यसपटक भने त्यस्ता कार्यक्रम आयोजकले सचेत हुनुपर्ने भएको छ । तीज नजिकिँदै जाँदा केही जिल्लामा स्थानीय प्रशासनले पार्टी प्यालेसहरूमा दर खाने कार्यक्रम गर्न रोक लगाएका छन् ।

दर खाने कार्यक्रम भन्दै ठूलो आवाजमा गीत बजाएर अरूलाई असर गरेको र गहना प्रदर्शन गरी विकृति निम्त्याएको भन्दै प्रशासनले कडाइ गर्ने भएको हो । धेरैजसो जिल्लामा यो निर्णयको विरोध भइरहेको छ । पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघले पनि विरोध जनाएको छ । महासंघले विज्ञप्ति जारी गर्दै निर्णय फिर्ता नलिए राजनीतिक दलका कार्यक्रम पनि गर्न नदिने चेतावनी दिएको छ । महासंघले जनाएअनुसार काभ्रे, धादिङ, कास्की, रूपन्देही, पर्वत र स्याङ्जालगायतका जिल्लामा पार्टी प्यालेसमा दर खाने कार्यक्रममा रोक लगाइएको छ ।

थप जिल्लामा पनि रोक लगाइएको हुनसक्ने र त्यसको विवरण संकलन गरिरहेको महासंघले जनाएको छ । यसबारे सम्बद्ध जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले भने चाडलाई भड्किलो नबनाउन अनुरोध गरेको प्रतिक्रिया दिएका छन् । पर्वत जिल्ला प्रशासन कार्यालयले गत बिहीबारदेखि तीजलाई भड्किलो नबनाउनू भन्दै सूचना जारी गरेको छ ।

‘तीज पर्व मनाउने नाममा विभिन्न पार्टी प्यालेसमा दर खाने तथा भेटघाट कार्यक्रम गरी गहना प्रदर्शन गर्ने, फजुल खर्च गर्ने साथै विभिन्न सांस्कृतिक कार्यक्रमको नाममा ध्वनि प्रदूषण गराउने जस्ता असामाजिक क्रियाकलाप गरी तीजको मौलिकतामाथि नै आँच पुर्‍याउने तथा शान्तिसुरक्षा व्यवस्थामा चुनौती सिर्जना हुने गरी क्रियाकलाप हुँदै आएको सन्दर्भमा’ पर्वत प्रशासनको सूचनामा भनिएको छ ।

‘मौलिक संस्कृतिमा आँच आउने तरिकाले तीजका कार्यक्रम नगर्नू नगराउन हुन यो सार्वजनिक सूचना जारी गरिएको छ,’ सूचनामा छ । चाडलाई भड्किलो र खर्चिलो नबनाउन यस्तो सूचना जारी गर्नुपरेको पर्वतकी प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताइन् ।

‘जुन मितिमा चाड हो, त्यही दिन मनाउँदा केही फरक पर्दैन,’ उनले भनिन्, ‘तीजलाई प्रतिबन्ध गर्न खोजेका होइनौं ।’ उनले हुने खाने र हुँदा खानेबीच फरक देखिने तरिकाले सामाजिक विचलन आउने गरी चाड नमाउन भनेको बताइन् । उनले भनिन्, ‘महिनौंअघिदेखि पार्टी प्यालेसमा पार्टी नगर्न भनेका हौं ।’ विभिन्न संघसंस्थामा आबद्ध महिलाले यसकोविरोध गर्दै आएका छन् ।

काभ्रे जिल्ला प्रशासनले पनि यस्तै सूचना जारी गरेको छ । ‘संस्कृतिलाई संरक्षण गर्नुपर्छ तर संस्कृति जगेर्नाका नाममा यसलाई बिगार्नु हुँदैन,’ काभ्रेका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले भने, ‘जुन दिन चाड हो, त्यही दिन मनाउँदा त्यो चाडको विशेष महत्त्व हुन्छ ।’ क्याटरिङमा गर्न नहुने भन्ने नभएको र भड्किलो नबनाउन आग्रह गर्दै सूचना जारी गरेको उनले बताए ।
\

पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघले कार्यक्रममा रोक लगाउने निर्णय फिर्ता लिन आग्रह गरेको छ । ‘चाडपर्वलाई लक्षित गरी पार्टी प्यालेस तथा क्याटरिङमा भोज गर्न नपाउने गरी भएका निर्णय तत्काल सच्याउन माग गर्दछौं,’ महासंघका उपाध्यक्ष कृष्णप्रसाद पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।