१ पुष २०८२, मंगलवार
,
Latest
अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज एमाले महाधिवेशनः ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो… भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु) वैदेशिक रोजगारमा हुने ठगी रोक्न श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

के तपाईलाई थाहा छ ? यस्ता कुराहरु गोप्य राखेकै राम्रो !



अ+ अ-

काठमाडौं । जीवनमा केही यस्ता कुराहरु हुन्छन् जसलाई गोप्य राख्नु नै उचित हुन्छ । गोप्यता राख्नुपर्ने कुरालाई पनि उजागर गर्दा जीवनमा धेरै समस्याहरु आउने गरेका छन् ।

जीवनमा सदैव गोप्य राख्नुपर्ने केही कुराहरु यस्ता रहेका छन्

जीवनमा कसैलाई केही कुरा दिइएको छ भने त्यो विषयमा अरुलाई भन्नुहुँदैन । दान धर्मको विषयमा अरुलाई भन्नु भो भने यसको फल प्राप्त हुँदैन ।

गुरुले दिएको मन्त्रलाई पनि गोप्य राख्न पर्ने विषय मानिन्छ । मन्त्र कसैलाई पनि भन्नुहुँदैन किन भने मन्त्रमा शक्ति हुन्छ ।

आफू अपमानित भएको कुरा कसैलाई भन्नुहुँदैन । अपमानित भएको विषय अरुलाई भनियो भने तपाईको मजाक बनाएर खिल्ली उडाउन सक्छन् ।

पद प्रतिष्ठा प्राप्त भएपछि मानिसहरु मात्तिने हुन्छन् । तर पद र प्रतिष्ठको विषयमा सकेसम्म गोप्यता कायम गर्नुस् ।

जीवनमा यौन सम्बन्धको विषयमा कसैलाई पनि नभन्नुस् । कुनै स्त्री तथा पुरुषबीचको यौनिक क्रियाकलाप अरुसँग भनेर मजा लिने कुरा होइन । तपाईले यौन क्रिडाका कुरा अरुलाई भन्न थाल्नु भो नकारात्मक परिणाम ब्यहोर्नुपर्ने हुन सक्छ ।

परिवारमा झगडा हुनु सामान्य विषय हो । यस्तो कुरा सबैजसो घरमा हुन्छ । यस्ता विषयमा अरुलाई नभन्नुस् । परिवारको झगडा अरुले थाहा पाएमा गलत फाइदा उठाउन सक्छन् ।

जीवनमा तपाइँलाई परेको आर्थिक नोक्शानीको विषयमा कसैलाई पनि भन्न हुँदैन् । मानिसहरुले तपाईको धन हानी हुँदा तपाइंसँग भएको धनबारे जानकारी पाउने मात्र होइन हानी भएका कारण तपाईबाट टाढिने समेत खतरा समेत हुन्छ ।