८ भाद्र २०८३, सोमबार
,
Latest
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान प्रशासन जागिर हो%LS हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध पोखरा–जोमसोम हवाई उडान पुनः सुरु अरनिको राजमार्गको कोदारी खण्ड एक महिनापछि सञ्चालनमा, लिपिङमा पहिरो पन्छाउने कार्य अन्तिम चरणमा पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैनः अर्जुननरसिंह केसी सरकार शान्ति सुरक्षाको मामिलामा लाचार देखियोः उपनेता अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

के तपाईलाई थाहा छ ? यस्ता कुराहरु गोप्य राखेकै राम्रो !



अ+ अ-

काठमाडौं । जीवनमा केही यस्ता कुराहरु हुन्छन् जसलाई गोप्य राख्नु नै उचित हुन्छ । गोप्यता राख्नुपर्ने कुरालाई पनि उजागर गर्दा जीवनमा धेरै समस्याहरु आउने गरेका छन् ।

जीवनमा सदैव गोप्य राख्नुपर्ने केही कुराहरु यस्ता रहेका छन्

जीवनमा कसैलाई केही कुरा दिइएको छ भने त्यो विषयमा अरुलाई भन्नुहुँदैन । दान धर्मको विषयमा अरुलाई भन्नु भो भने यसको फल प्राप्त हुँदैन ।

गुरुले दिएको मन्त्रलाई पनि गोप्य राख्न पर्ने विषय मानिन्छ । मन्त्र कसैलाई पनि भन्नुहुँदैन किन भने मन्त्रमा शक्ति हुन्छ ।

आफू अपमानित भएको कुरा कसैलाई भन्नुहुँदैन । अपमानित भएको विषय अरुलाई भनियो भने तपाईको मजाक बनाएर खिल्ली उडाउन सक्छन् ।

पद प्रतिष्ठा प्राप्त भएपछि मानिसहरु मात्तिने हुन्छन् । तर पद र प्रतिष्ठको विषयमा सकेसम्म गोप्यता कायम गर्नुस् ।

जीवनमा यौन सम्बन्धको विषयमा कसैलाई पनि नभन्नुस् । कुनै स्त्री तथा पुरुषबीचको यौनिक क्रियाकलाप अरुसँग भनेर मजा लिने कुरा होइन । तपाईले यौन क्रिडाका कुरा अरुलाई भन्न थाल्नु भो नकारात्मक परिणाम ब्यहोर्नुपर्ने हुन सक्छ ।

परिवारमा झगडा हुनु सामान्य विषय हो । यस्तो कुरा सबैजसो घरमा हुन्छ । यस्ता विषयमा अरुलाई नभन्नुस् । परिवारको झगडा अरुले थाहा पाएमा गलत फाइदा उठाउन सक्छन् ।

जीवनमा तपाइँलाई परेको आर्थिक नोक्शानीको विषयमा कसैलाई पनि भन्न हुँदैन् । मानिसहरुले तपाईको धन हानी हुँदा तपाइंसँग भएको धनबारे जानकारी पाउने मात्र होइन हानी भएका कारण तपाईबाट टाढिने समेत खतरा समेत हुन्छ ।