२२ असार २०८३, सोमबार
,
Latest
पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी सञ्जाल विदेशी प्रतिनिधिसँग प्रधानमन्त्री बालेनको पहिलो ‘वान-अन-वान’ कूटनीतिक भेट हुँदै स्वास्थ्यमन्त्री मेहताको सक्रियता,कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन गृहमन्त्रीसँग संयुक्त निरीक्षण ऊर्जा मन्त्री श्रेष्ठका १०० दिन: १३८ मेगावाट विद्युत् थप, नीतिगत सुधारमा जोड बेलिङ्घमको दुई गोलमा इङ्गल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनाधिकृत घुम्ति व्यापार गर्न नपाइने नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेसबुकको मूख्य एपमा अब डार्क मोड फिचर



अ+ अ-

फेसबुकले यो वर्षको सुरुवातमै आफ्नो मेसेन्जर एपमा डार्क मोड फिचर ल्याएको थियो । अब फेसबुकले आफ्नो मूख्य एपमा पनि यो फिचर ल्याउँदैछ ।

शोधकर्ता जेन मान्चुन वोंगले फेसबुकले मोबाइल एपमा यस्तो फिचर थप गर्न लागेको आफ्नो ब्लगमा उल्लेख गरेकी छिन् ।उनले यस विषयमा ट्वीट समेत गर्दै यो फिचरको स्क्रिनशट पनि शेयर गरेकी छिन् । उक्त स्क्रिनशटमा फेसबुकको मूख्य एपमा डार्क मोड फिचर जस्तो देखिएको छ।

यो फिचर अहिले परीक्षणको सुरुवाती चरणमा रहेको बताइएको छ । डार्क मोड सपोर्टका लागि एपका केही भागमा परिवर्तनकोे काम चलिरहेको छ ।

उनका अनुसार अँध्यारो खैरो पृष्ठभूमिमा धेरैजसो अक्षरहरु सेतो रङमा देखिनेछन् । फेसबुकको मूख्य एपमा यो फिचर लागू हुनका लागि अझै केही समय लाग्ने बताइएको छ ।