१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने

बेसहाराको सहारा ‘मेरी आमा’

बेसहाराको सहारा ‘मेरी आमा’
अ अ+ अ-

कैलाली । अभिभावक गुमाएका अनाथ, असहाय, बेसहारा बालबालिकाका लागि ‘मेरी आमा’ नामक संस्था सहारा भएको छ । कैलालीको टीकापुर नगरपालिका–२ राजीपुरमा सञ्चालन भएको उक्त मेरी आमा अनाथाश्रममा आमाबुबा गुमाएका सडक बालबालिका, होटलमा श्रम गरिरहेका बालबालिकालगायत कसैको सहाराको पर्खाइमा रहेका बालबालिकाको सहारा २६ वर्षीया दिव्या चौधरी ‘प्रयासी’ प्रेरणाको स्रोत बन्नुभएको छ । उहाँले अनाथ, असहाय बालबालिकाका लागि सहारा दिने भन्दै अनाथाश्रम खोलेको बताउनुभयो ।

साहित्य क्षेत्रमा राम्रो उचाइमा पुगेकी दिव्याले टीकापुर नगरपालिका वडा नं २ स्थित कालिका आधारभूत विद्यालयको भवनमा आश्रय लिई अनाथ बेसहारा बालबालिकाको लालनपालन, भरणपोषण तथा शिक्षा–दीक्षा दिँदै आउनुभएको छ । अभिभावक नभएका, शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकताबाट वञ्चित भई भौँतारिरहेका बालबालिकालाई आश्रय दिने काम दिव्याले गर्नुभएको छ ।

“सानोमा धेरै चलचित्र हेर्थेँ । चलचित्रमा कथावस्तु यस्तै अनाथ, असहाय, गरीब, विपन्नमाथि नै केन्द्रित हुन्थे ।” दिव्याले भन्नुभयो, “त्यहीबाट प्रेरणा लिएर सानैदेखि अनाथाश्रम खोल्ने रहर थियो । आज बालबालिकासँगै रमाउँदै, खेल्दै आफ्नो जिम्मेवारी वहन गरेको महसुस भइरहेको छ ।”

विसं २०७६ वैशाख १८ गते एक कार्यक्रमको आयोजना गरी शुरु भएको ‘मेरी आमा’ अनाथाश्रममा हालसम्म नौ बालबालिकाले आश्रय लिइरहेका छन् । उनीहरुको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्यलगायत सबै हेरचाह दिव्याले गर्नुभएको छ । बिहानै सबै बालबालिका योगाभ्यासमा सहभागी हुन्छन् । योगपश्चात् दिव्या आफैँले बालबालिकालाई नुहाइदिने, लुगा फेरिदिने काम गर्नुहुन्छ । उनीहरू त्यहीँ रहेको कालिका आधारभूत विद्यालयमा ती बालबालिका अध्ययन गरिरहेका छन् ।

राजनीतिक क्षेत्रमा समेत सक्रिय रहनुभएकी चौधरीले आफ्नो राजनीतिक मोह र व्यक्तिगत स्वार्थका लागि नभई कसैको भविष्य निर्माण गर्न आफूले गर्नसक्ने मानवीय व्यवहारलाई मात्र अगाडि सारेको बताउनुभयो ।

कैलारी गाउँपालिका–१ गदरियामा जन्मी टीकापुर नगरपालिका–१ राजीपुरमा स्थायी बसोबास गर्दै आउनुभएकी चौधरीका श्रीमान् कलाकार समेत हुन् । श्रीमान्को साथ, सहयोग र समर्थनले मात्र आफू लक्ष्य हासिल गर्न सफल भएको बताउँदै चौधरीले आश्रममा आश्रय लिइरहेका बालबालिकालाई आफ्नो खुट्टामा उभिन नसकुञ्जेलसम्म रेखदेख तथा पालनपोषणको जिम्मा लिने बताउनुभयो ।

हालसम्म व्यक्तिगत तथा संस्थागतरूपमा सामान्य सहयोग भइरहेको बताउँदै चौधरीले आवासको व्यवस्थापन राम्रो हुन नसकेका कारण बालबालिकालाई समस्या हुन थालेको बताउनुभयो । हाल कालिका आधारभूत विद्यालयको भवनमा अस्थायीरूपमा आश्रय लिँदै आए पनि वैकल्पिक व्यवस्थाका लागि टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावलसँग छलफल भएको बताउनुभयो । “आशा छ, सरकारले सहयोग गर्छ भन्ने”, दिव्याले भन्नुभयो, “मैले समाजका लागि केही गर्न खोजेकी मात्र हूँ । यस कार्यलाई सफल बनाउन स्थानीय सरकारको पनि भूमिका महत्वपूर्ण रहन्छ र यसको श्रेय पनि स्थानीय सरकारको हुन जान्छ ।”

‘मेरी आमा मेरो सहारा, बनाऊ मलाई चम्किलो तारा’ भन्ने उद्देश्यका साथ ‘मेरी आमा’ अनाथाश्रम सञ्चालनमा आएको दिव्याले बताउनुभयो । उहाँले बुबाको मृत्युदर्ताको प्रमाणपत्र, आमा अर्को पोइल गएको, अरुको सहारामा बालबालिका बसिरहेको, कुनै होटल–रेष्टुराँमा काम गरिरहेको र सडकछाप बालबालिकालाई आफूहरुले खोज्दै आएको बताउनुभयो । साथै, त्यस्तो अवस्थामा बालबालिका भेटिएमा सम्पर्क गरिदिन अथवा आश्रमसम्म पु¥याउने काम गरिदिन हुनसमेत आग्रह गर्नुभयो ।

“जीवन खान र लगाउनका लागि मात्र होइन ”, दिव्याले भन्नुभयो, “जन्म लिएपश्चात् धेरै कुराहरु गर्नुपर्छ । ती कुराहरु गर्नका लागि कोही न कोहीको सहारा चाहिन्छ । त्यही सहारा नपाएका बालबालिकालाई सहारा दिनु हामी मानव जातिको पहिलो धर्म हो ।” उहाँले बालबालिकालाई जीवनभर साथ दिने भन्दै काम गरेरै मर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।