६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तिम वान डेमा गेलले गरे चमत्कार !



अ+ अ-

काठमाडौं । बुधबार भारतले वान डे सिरिजको तेश्रो खेलमा वेस्ट इण्डिजलाई हराउँदै सिरिजमा २-० ले कब्जा जमायो।

सिरिजसँगै क्रिकेटका महान् ब्याटस्म्यानमध्येका एक क्रिस गेलको अन्तराष्ट्रिय क्रिकेट यात्रा पनि टुङ्गियो। अघिल्ला दुई खेलमा ब्याटिङ नचले पनि अन्तिम खेलमा गेलले आफ्नो ब्याटिङ जादु चलाए। उनले अन्तिम खेलमा चौका र छक्काको वर्षात गराउँदै शानदार पारी खेले र बिदाइलाई सुखद् बनाए।

पहिलो ओभरमा मेडन खेलेका गेलले दोश्रो ओभरमा छक्का प्रहार गर्दै आफ्नो खाता खोले। आफ्नो अन्तिम पारीमा गेलले कुल ४४ बलको सामना गर्दै ७२ रन जोडे। यस क्रममा उनले ८ चौका र ५ छक्का प्रहार गरे। करियरको अन्तिम अर्धशतक बनाउन उनलाई केबल २९ बल मात्र लाग्यो।

यसरी उनको शतकतर्फ बढिरहेको रफ्तारलाई ११ औं ओभरमा विराट कोहलीले खलील अहमदको बलमा क्याचआउट गर्दै रोकिदिए। यसरी आउट भएसँगै क्रिकेटका एक ठूला ब्याटस्म्यानको अन्तराष्ट्रिय करियरले विश्राम लिएको छ ।