१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने

पर्यटकको रोजाइमा भुलभुले दूधकुण्ड

पर्यटकको रोजाइमा भुलभुले दूधकुण्ड
अ अ+ अ-

खोटाङ । बाह्रै महीना एकनाशले बगिरहने सङ्लो पानी । पानीमा एकोहोरो कुदिरहन्छ हरियो रङको माछा । मुहानबाट पानी ओरालो बगिरहँदा माछा मुहानतर्फ कुदिरहेको हुन्छ । एकनासले मुहानतर्फ लाइन लागेर कुदिरहने माछाको रङले पानीको रङ पनि हरियो नै देखिन्छ । मुहानमा सात वटा सर्पमाथि किराँतेश्वरको सुतिरहेको मूर्ति छ ।

मूर्ति वरिपरि मान्छेको हातको औँलाभन्दा अलिक ठूलो माछा खेलिरहेको हुन्छ । माछा बस्ने कुर (बस्ने ठाउँ) छैन । बढेर ठूलोसमेत नहुने माछा कहिले उत्पादन भएको हो पत्तो छैन । रुखको फेदमा अनौठो किसिमले जमीनमुनिबाट निस्कने शुद्ध पानीको मुहानसँगै सानो प्राकृतिक पोखरी जोडिएको छ । प्राकृतिक पोखरीका बीचमा किराँत समुदायको पहिलो राजा यलम्बरको पूर्णकदको शालिक राखिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल भुलभुले दूधकुण्डको दृष्य हो यो । यिनै दृष्य हेर्न र दर्शन गर्न अहिले भुलभुले दूधकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । विशेषगरी किराँत र हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र रहेको धार्मिक तथा पर्यटकीयस्थल भुलभुले दूधकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेपछि पछिल्लो समय स्तरोन्नतिको काम पनि धमाधम भइरहेको छ ।

मध्यपहाडी लोकमार्गमा पर्ने नेर्पामा अवस्थित भुलभुले दूधकुण्डको प्रवद्र्धन गर्न नगरपालिकाको रु ४१ लाख लगानीमा पुरानो संरचनालाई संरक्षण गर्दै स्तरोन्नति गरिएको स्थानीयवासी एवं निर्माण उपभोक्ता समितिका सचिव लोकेन्द्र राईले बताए । सचिव राईका अनुसार प्रवेशद्वार, रेलिङसहितको सिंढी, सात धारा, गणेशको मूर्तिसहितको राउण्ड पोखरी, कम्पाउण्ड,छानासहितको बस्ने फलामे बेञ्च, बगैँचा, रातको समयमा आउने पर्यटकका लागि बत्ती, फोहर फाल्ने टोकरी, जुत्ता चप्पल राख्ने र्याक, तस्बीरसहितको सूचना पार्टीलगायतका संरचना निर्माण गरिएको छ ।

बाह्रै महीना उत्रै पानी हुने उम्रने भुलभुले दूधकुण्डमा जलशिकारी र सातकन्यादेवीको पूजाअर्चना गरिन्छ । जमीनमुनिबाट भुलभुले गरेर उम्रने भुलभुले दूधकुण्डको पानीले नुहाएमा तथा स्नान गरेका रोगव्याधी नष्ट हुने जनविश्वास रहिआएको छ । पछिल्लो समय सबैको गन्तव्यस्थल बन्दै गएको भुलभुले दूधकुण्डमा आउने भक्तजनले पूजापाठसँगै परेवा जोडी उडाउने गरेका छन् ।

दिक्तेल बजारबाट यातायातका सवारी साधन प्रयोग गरेर जाँदा करीब आधाघण्टामा पुगिने भुलभुले दूधकुण्डमा प्रेमी÷प्रेमिकाले आपसमा गरेको प्रेमले पूर्णता पाओस् भन्ने कामनासमेत गर्ने गर्छन् । भुलभुले दूधकुण्डमा खोटाङका सबै स्थानीय तहसँगै छिमेकी जिल्ला भोजपुर, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, सिन्धुली तथा भारतका समेत दर्शनार्थी आउने गरेका छन् ।

कालोपत्रको काम भइरहेको मध्यपहाडी लोकमार्ग फराकिलो हुनुका साथै बाह्रै महीना यातायातका साधन सञ्चालन भएपछि दर्शनार्थी तथा पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको वडाध्यक्ष माधव राईले बताए । भुलभुले दूधकुण्डबाट करिब एक किलोमिटर उकालो पैदल चढेपछि एकनासले झररर गरिरहेको आवाज सहित मनोरम दृष्य देखिन्छ ‘रुवालुङ’ झरनाको । जहिले सङ्लो र सेतो पानी देखिने झरनामा अहिले दैनिक १५० बढी आन्तरिक तथा वाह्य पर्यटक अवलोकन र सेल्फी खिच्ने आउने गरेको स्थानीयवासीले बताएका छन् ।

ठूला पहाड र जङ्गलको बीचमा रहेको प्राकृतिक गुफामा अहिले पनि वन झाँक्रीको पूजाआजा गर्ने चलन रहिआएको छ । गुफामा गएर वन झाँक्रीको पूजाअर्चना गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट करीब दश किलोमिटर उत्तरमा पर्ने भुलभुले दूधकुण्डमा सवारी साधन पार्किङ गरेर झरनासम्म पुग्न पैदल यात्रा गर्नुपर्छ ।