११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीक्षितकाे निधनमा कांग्रेस सभापति देउवाद्वारा शाेक व्यक्त



अ+ अ-

काठमाडौं । वरिष्ठ साहित्य साधक मदनमणि दीक्षितको निधनप्रति नेपाली कांग्रेशले शोक व्यक्त गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा आज एक विज्ञप्ती जारी गर्दै बहुप्रतिभाका धनी दीक्षितको ९७ वर्षको उमेरमा हुन गएको असामयिक निधनले आफू र पार्टीलाई मर्माहत र स्तव्ध बनाएको उल्लेख गरिएको छ ।

‘दर्शनशास्त्रका प्रकाण्ड विद्धान, वरिष्ठ साहित्यकार, कर्मयोगी एवं बहुप्रतिभाका धनी मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा हुन गएको असामयिक निधनले मलाई र हाम्रो पार्टी नेपाली कांग्रेसलाई मर्माहत र स्तव्ध बनाएको छ,’ जारी विज्ञप्तीमा भनिएको छ, ‘स्वर्गीय दीक्षितको निधनबाट मुलुकलाई अपुरणीय क्षति पुग्न गएको छ । स्वर्गीय दीक्षितप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’

साथै दुःखको यस घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवार तथा आफन्तजनहरुमा समवेदना समेत प्रकट गरिएको छ ।