१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने

बाल विवाह अन्त्य गर्न इथियोपियाको राष्ट्रिय अभियान सार्वजनिक

बाल विवाह अन्त्य गर्न इथियोपियाको राष्ट्रिय अभियान सार्वजनिक
अ अ+ अ-

आदिस अबाबा । अफ्रिकी मुलुक इथियोपियाले बाल विवाह र महिलाको योनिच्छेदन प्रचलनको अन्त्य गर्नेगरी पाँच वर्षे राष्ट्रिय योजना बुधबार सार्वजनिक गरेको छ । इथियोपियाली महिला, बालबालिका तथा युवा मन्त्री यालेम चेगायेले पाँचवर्षे नयाँ मार्गचित्रले आगामी सन् २०२५ भित्रमा मुलुकका यी दुई प्रमुख सामाजिक समस्या अन्त्य गर्न ठूलो सहयोग गर्ने विश्वास व्यक्त गरे ।

बाल विवाह र योनिच्छेदनको यो समस्या अन्त्य गर्न पाँच वर्षभित्र करिब ९ करोड ३० लाख अमेरिकी डलर खर्च हुनेछ । यस योजनामा खासगरी व्यापक प्रचारप्रसार गर्ने, नीतिगत सुधार गर्ने, सेवा केन्द्रहरुको स्थापना गर्ने तथा घटनाको तथ्याँक सङ्कलन गर्ने कार्यक्रम राखिएको छ ।इथियोपियाली समुदायमा बाल विवाह र महिलाको योनीच्छेदनलाई प्रमुख दुई समस्याका रुपमा पहिचान गरिएको छ ।

स्वास्थ्य र सामाजिक आर्थिक प्रभावका कारण पनि यी दुई समस्या समाजमा रहेको विश्वास गरिन्छ । नयाँ घोषणा गरिएको मार्गचित्रलाई सरकारका विभिन्न निकायबीचको सहकार्यबाट सञ्चालन गरिनेछ । इथियोपियाली महिला, बालबालिका तथा युवा मन्त्रालयले स्वास्थ्य, शिक्षा, अर्थ, श्रम र सामाजिक कल्याणका साथै अरु दातृ निकायसँग सहकार्य गर्दैछ ।

संयुक्तराष्ट्र बालकोष ९युनिसेफ० का अनुसार इथियोपियामा हरेक पाँचमध्ये एक बालिकाको १८ वर्ष नपुग्दै विवाह हुने गरेको छ । अफ्रिकामै बाल विवाहको दरमा पछिल्ला वर्षहरुमा निकै घटेको छ । एक तथ्याँक अनुसार सन् १९९० मा ४४ प्रतिशत बाल विवाह रहेकामा सन् २०१५ मा त्यो घटेर ३४ प्रतिशतमा आइपुगेको छ ।

युनिसेफले बाल विवाहको न्यूनीकरणका क्षेत्रमा इथियोपियाले गरेको कार्य प्रशंसनीय रहेको जनाएको छ । युनिसेफले बाल विवाह न्यूनीकरणमा अझ बढी सहकार्य, बजेट विनियोजन, जवाफदेही संयन्त्र तथा तथ्याँकको उपलब्धतामा जोड दिएको छ । युनिसेफले बाल विवाह र महिलाको योनीच्छेदन अन्त्य गर्नेसम्बन्धी राष्ट्रिय एलायन्सको स्थापना अर्को महत्वपूर्ण कदम रहेको जनाएको छ ।

अफ्रिकामा अहिलेकै बाल विवाहको दर कायम रहे अफ्रिकामा विवाहित बालिकाको संख्या आगामी सन् २०५० सम्ममा हालको १२ करोड ५० लाखबाट ३१ करोड पुग्ने युनिसेफको अनुमान छ ।