११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानको आओमोरीमा भूकम्प



अ+ अ-

टोकियो । जापानको उत्तरी प्रान्त आओमोरीमा बिहीबार ५।४ म्याग्नीच्युडको भूकम्प गएको छ ।
जापानको मौसम विभागले भूकम्पको धक्का सामान्य रहेकाले सुनामीको चेतावनी नदिइएको जनाएको छ । स्थानीय समयानुसार बिहीबार बिहान २ः३३ बजे उक्त भूकम्पको कम्पन महसुस गरिएको छ ।

यस भूकम्पपछि मानवीय र सम्पत्ति क्षतिको हालसम्म कुनै समाचार प्राप्त नभएको समाचारमा जनाइएको छ । जापान भूकम्पको उच्च जोखिममा रहेको छ । सन् २०११ मा जापानमा गएको ९.० म्याग्नीच्युडको भूकम्प र त्यसपछिको सुनामीमा परी १९ हजारको ज्यान गएको थियो ।