११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्दिरका पुजारी मृत भेटिए



अ+ अ-

सुनसरी । सुनसरीको दुहवी नगरपालिका १ साहु टोलमा रहेको शिव मन्दिरका पुजारी दुहवी–५ का ६० बर्षीय तुलाकृष्ण चौधरी मृत अवस्थामा फेला परेका छन् । आज बिहान पौने ८ बजेको समयमा उक्त मन्दिरका पुजारी मन्दिर परिसरमा नै मृत अवस्थामा भेटिएको स्थानियवासीहरुले बताएका हुन् ।

जानकारी पाउना साथ ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागि कोशी अञ्चल अस्पताल बिराटनगर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।