२२ असार २०८३, सोमबार
,
Latest
उल्टो जुत्ता लगाएर गन्तव्यमा पुगिँदैन, संविधान संशोधन प्रक्रिया अपरिपक्व छ : आङदेम्बे प्रधानमन्त्रीलाई विपक्ष दलका नेता आङदेम्बेको सुझावः सामाजिक सञ्जालमा भाईरल हुने बाटो त्याग्नुस् सार्वजनिक स्थलमा महिलालाई गोप्य अङ्ग प्रदर्शन गर्ने शिक्षा अधिकृत पक्राउ काँग्रेसको प्रश्नः यो देश कालो चश्मा, कालो कोट र कालो पाइन्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको… एडीबी अध्यक्ष कान्दा काठमाडौंमा, नेपालसँगको सहकार्य थप विस्तार गर्ने सङ्केत रास्वपाको नयाँ विधान : ‘राइट टु रिकोल’, ओपन लेजर र ३३ प्रतिशत महिला–युवा प्रतिनिधित्व अनिवार्य सरकार जनताको जल्दोबल्दो समस्या समाधानमा गर्न गम्भिर नभएको प्रतिनिधि सभाका सांसदहरुको गुनासो आन्तरिक रोजगारी सरकारको पहिलो प्राथमिकता, श्रम निरीक्षण ६० प्रतिशतले बढ्यो : मन्त्री यादव सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने सरकारको योजना : सञ्चारमन्त्री डा… संसदमा उठेका प्रश्नको जवाफ दिन र विपद् व्यवस्थापनमा जुट्न सरकारलाई सभामुखको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लक्ष्यको तुलनामा राजश्व सङ्कलनमा १३ प्रतिशतले कमी



अ+ अ-

नवलपरासी । पश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७५÷७६ मा कूल रु १२ करोड ९६ लाख २४ हजार ५१९ बराबरको राजश्व सङ्कलन गरेको छ ।सो आर्थिक वर्षमा करीब १५ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । यो लक्ष्यको तुलनामा १३ दशमलव ५८ प्रतिशतले कमी हो ।

कर्मचारी अभाव तथा भौतिक पूर्वाधार र अन्य समस्याका कारण लक्ष्यभन्दा केही कम राजश्व सङ्कलन भएको महेशपुर भन्सार कार्यालयले जनाएको छ । यो जिल्ला खुला सिमाना भएका कारण सीमावर्ती क्षेत्रमा व्यापक चोरी तस्करी हुने हुनाले पनि भन्सारको राजश्व लक्ष्यभन्दा कम सङ्कलन भएको कार्यालयले जनाएको छ ।

मूल भन्सारमा परिणत भएको एक वर्ष बितिसक्दा पनि यसको विस्तारका लागि आवश्यक धैरे काम गर्न बाँकी नै छ । भन्सार कार्यालयलाई पूर्णरूपमा कार्यान्वयमा ल्याउनका लागि आवश्यक जग्गा अधिग्रहण, सडक, ठूला गोदाम, जाँचकी भवन, कर्मचारी बस्ने भवनजस्ता महत्वपूर्ण भौतिक पूर्वाधारको विकास हुन बाँकी देखिन्छ ।

कोलकता बन्दरगाह नाकाबाट सबैभन्दा छोटो दूरीमा पश्चिम नवलपरासीको महेशपुर नाका मानिन्छ । नेपाल र भारत दुवैतर्फ आवश्यकताअनुसार सडक सञ्जाल र दुवै भन्सार कार्यालयको उचित ब्यवस्थापन हुन सके यस भन्सार कार्यालयले पनि लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न सक्ने अवस्था देखिन्छ ।




भर्खरै