• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय

‘रिजन अफ रिया’को मुहूर्त



जनै पूर्णिमाको शुभ साईत परेर नयाँ फिल्म ‘रिजन अफ रिया’ सुरुवात गरिएको छ । बिहिबार बिहान काठमाडौंको भद्रकालीमा मुहुर्तसँगै फिल्मको सुटिङ सुरु गरिएका हो ।

धनेश्वर फिल्मस् प्रालिको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म रिजन अफ रियालाई मिलन आले मगरले निर्देशन गर्न लागेका हुन् । उमेश गिरी, समीर श्रेष्ठ निर्माता, कुमारजंग कार्की सहनिर्माता रहेको फिल्ममा देब महर्जनको द्धन्द्ध निर्देशन, यम आलेको छायाँकन, करणसिंह बोहराको कथा, विकास चौधरीको संगीत रहेको छ ।

नविन अधिकारी, करणसिंह बोहरा, कसिस दाहाल, कृष्ण विसी, विकास थापामगर, पदम राई, भगवान खत्री, अभिना लामा, पवन खतिवडा, ममता पौडेल, तेजा ऐर, लक्ष्मण चौलागाई र नयाँ प्रस्तुतिमा मेनुका माझीको अभिनय रहने छ ।