२२ असार २०८३, सोमबार
,
Latest
उल्टो जुत्ता लगाएर गन्तव्यमा पुगिँदैन, संविधान संशोधन प्रक्रिया अपरिपक्व छ : आङदेम्बे प्रधानमन्त्रीलाई विपक्ष दलका नेता आङदेम्बेको सुझावः सामाजिक सञ्जालमा भाईरल हुने बाटो त्याग्नुस् सार्वजनिक स्थलमा महिलालाई गोप्य अङ्ग प्रदर्शन गर्ने शिक्षा अधिकृत पक्राउ काँग्रेसको प्रश्नः यो देश कालो चश्मा, कालो कोट र कालो पाइन्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको… एडीबी अध्यक्ष कान्दा काठमाडौंमा, नेपालसँगको सहकार्य थप विस्तार गर्ने सङ्केत रास्वपाको नयाँ विधान : ‘राइट टु रिकोल’, ओपन लेजर र ३३ प्रतिशत महिला–युवा प्रतिनिधित्व अनिवार्य सरकार जनताको जल्दोबल्दो समस्या समाधानमा गर्न गम्भिर नभएको प्रतिनिधि सभाका सांसदहरुको गुनासो आन्तरिक रोजगारी सरकारको पहिलो प्राथमिकता, श्रम निरीक्षण ६० प्रतिशतले बढ्यो : मन्त्री यादव सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने सरकारको योजना : सञ्चारमन्त्री डा… संसदमा उठेका प्रश्नको जवाफ दिन र विपद् व्यवस्थापनमा जुट्न सरकारलाई सभामुखको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुहार फेरिएको कलंकी



अ+ अ-

काठमाडौं। एक वर्षअघिसम्म उपत्यकामा अत्यधिक सवारी जाम हुने स्थानमध्ये एक थियो कलंकी । जहाँ नागढुंगा नाका हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारीको चाप हुन्थ्यो । अर्कोतर्फ चक्रपथ परिक्रमा गर्ने सवारीको लाम पनि उत्तिकै हुन्थ्यो । धुवाँ, धुलो र जामले मानिस आजित थिए । राजधानी प्रवेश गर्ने मुख्य नाका हुनाले अरू विकल्प पनि थिएन । तर, अहिले कलंकीले मुहार फेरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत ‘विकासको नमुना हेर्न कलंकी जानू’ भनेका छन् ।

बिहीबार कलंकी चोकमा पैदल हिँड्दै गरेकी धर्मकला शाक्यले आफूले कलंकी यति चाँडै परिवर्तन हुन्छ भनेर नसोचेको बताइन् । उनले दुई वर्षअघिको कलंकीको सम्झना गर्दै भनिन्, ‘धुलो, धुँवा र जामले मरिन्छ जस्तै लागेको थियो । मानिसले चाहे के गर्न सक्दैन र रु त्यसको बलियो उदाहरण कलंकीले प्रस्तुत गरेको छ ।’

२०७५ साउन १ गतेदेखि नै सञ्चालन गर्ने गरी कंलकीमा निर्माण भएको अन्डरपास अन्नतः भदौ १ गतेदेखि सञ्चालनमा आएको छ । सरकारले चीन सरकारसँग समन्वय गरेर कलंकी क्षेत्रमा जाम कम गर्ने उद्देश्यले झन्डै तीन वर्षअघि पहिलोपटक अन्डरपास सडक योजना अघि सारेको थियो । अन्डरपास सडक निर्माण भएर सञ्चालनमा आएपछि धेरै मानिसले अहिले राहत पाएका छन् । सन् २०१६ मा सुरु गरिएको अन्डरपास ६ महिनाभित्र पूरा गर्ने लक्ष्य राखिए पनि पटकपटक समय थप गराई बनाइएको थियो । चीन सरकारको सहयोगमा निर्मित चक्रपथ सुधार परियोजनाअन्तर्गतको यो अन्डरपास नेपालकै पहिलो हो । अन्डरपासको लम्बाइ ८ सय मिटर रहेको छ ।

अन्डरपासको सञ्चालन भएसँगै कलंकीमा हुने घण्टौंको जाम र राजधानीको नाका पार गर्नका लागि घन्टौं लाइन लाग्नुपर्ने बाध्यता हटेको छ । ‘कलंकी क्षेत्र वर्षौंदेखि अस्तव्यस्त र भद्रगोल देखिन्थ्यो । अहिले अन्डरपासले यस क्षेत्रको सवारी जाम हटेको छ’ वडा नम्बर १४ का वडा अध्यक्ष शोभा सापकाटाले बताइन् । कलंकीदेखि महाराजगन्जसम्म सडक विस्तार गर्ने योजना अगाडि बढेको छ । बल्खुको खसीबजारदेखि कलंकीचोकसम्म र कलंकीदेखि बाफलतर्फ अन्डरपासको फिनिसिङ पनि भइरहेको छ । प्रतिघन्टा ५० किलोमिटर गुड्ने सवारीसाधन चलाउन मिल्ने गरी अन्डरपासको डिजाइन तयार गरिएको हो ।

धार्मिक सुन्दरता

कलंकीमा रहेको भुवनेश्वरी मन्दिर १८ रोपनी क्षेफलमा फैलिएको छ । वडा कार्यालयले त्यस जाग्गामा पार्क बनाउँदै छ । कुलेश्वर महादेव मन्दिरको महत्व पौराणिक कालदेखिकै हो । त्यस रमणीय स्थलमा पार्क बनाउन लागेको अध्यक्ष सापकोटाको भनाइ छ । त्यहाँ वरपर बुद्ध, दुर्गा, शिवलगायत विभिन्न मन्दिर छन् । बाटोनजिकै रहेको कलंकी मन्दिर हामी सबैले देखिकै छौं । अर्को महत्वपूर्ण विषय तीर्थ स्थलको रूपमा रहेको पशुपतिको भन्दा दोस्रो ठूलो राम मन्दिर बनाउन यसै क्षेत्रमा बन्न लागेको छ ।

समस्या समाधान र योजना

पिउने पानीको समस्या रहेको कलंकीमा अहिले २ लाख २५ हजार लिटर क्षमता रहेको पानी बोडिङ गरी निकालिएको छ । अन्डरपास भए पनि केही जाम देखिएपछि वडा अध्यक्षको अगुवाइमा जामलाई कम गर्न विगत पाँच महिनादेखि कलंकी पुल वरपर सवारीसाधनलाई रोक्न निषेध गरिएको छ । अहिले कालीमाटीतिरबाट आउने सवारीसाधन कलंकी पारी लगेर रोकिन्छन् भने बालाजुतिरबाट आएको गाडी कलंकी भाटभटेनी नजिक रोकिन्छन् । त्यस्तै, थानकोटतिरबाट आउने सवारीसाधन कलंकी मन्दिरनजिकै रोकिन्छन् भने कलंकी भाटभटेनीतिरबाट आउने गाडी मकालु काउन्टरतर्फ रोकिने गरेको छ ।

घर बढी र सार्वजनिक क्षेत्र कम रहेका कारण प्रदूषण भएको निष्कर्ष निकाल्दै वडा कार्यालयले आफ्नो क्षेत्रलाई हरियाली बनाउन लागेको छ । जसका लागि वृक्षरोपणको अभियान चलाइने भएको छ । यो अभियानमा वडा अध्यक्ष आफैं दत्तचित्त भएर लागेकी छन् । सुरक्षाका लागि सीसी क्यामरा जडानदेखि भ्रष्टाचार नियन्त्रणमा आफू लागेको वडा अध्यक्ष सापकोटा बताउँछिन् । यस क्षेत्रमा खाद्य, फलफूल, तरकारी बजारलाई व्यवस्थित गरेर सञ्चालन गर्न लागिएको छ । त्यस्तै, ८० वटा घरमा रहेका होटललाई पनि व्यवस्थित रूपमा सञ्चालन गराउन गृहकार्य भइरहेको अध्यक्ष सापकोटाको भनाइ रहेको छ । वडाले कौसी खेतीलाई प्राथमिकतामा राखेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।




भर्खरै