१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जबरजस्ती करणीको मुद्दा खेपिरहेका युवा प्रहरीको बीचबाटै फरार



अ+ अ-

जनकपुर । जिल्ला प्रहरी कार्यालय धनुषाबाट एक अभियुक्त फरार भएका छन् । जबरजस्ती करणी मुद्दा खेपिरहेका सिरहाका २० वर्षका राममणि यादव फरार भएका हुन् ।

बिहीबार दिउँसो बयानको लागि जिप्रका धनुषा अन्तर्गत अपराध अनुसन्धान शाखामा लगिएको बेला अभियुक्त यादव फरार भएको जिप्रका धनुषाले पुष्टि गरेको छ ।

प्रहरीको रोहबरमा बयानका लागि अपराध अनुसन्धान शाखा लगिएका यादव मौका छोपेर फारर भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।