१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर

गाइजात्रामा नेतादेखि कर्मचारीमाथि झटारो

गाइजात्रामा नेतादेखि कर्मचारीमाथि झटारो
अ अ+ अ-

काठमाडौं, ३१ साउन । गाईजात्रा पर्वको अवसरमा आयोजित कार्यक्रममा ख्यातिप्राप्त हाँस्य कलाकारहरुले देशको पछिल्लो घटना र सन्दर्भलाई लिएर झटोरो हानेका छन् । रिपोर्टर्स क्लब नेपालमा ३१ साउनमा गाइजात्रा विशेष साक्षात्कारमा सहभागी भई उनीहरुले नेतादेखि कर्मचारीसम्मलाई व्यङ्ग्यमार्फत् झटारो हानेका छन् । हास्यकलाकारहरुले नेताका व्यवहार, शैली र प्रवृतिलाई आफ्नो व्यङग्यका निसाना बनाएका छन ।

देशमा ब्याप्त भ्रष्टाचार, बलात्कार,ठगी र समाजिक संजालमामाथीका विसंगतीहरुलाई समेट्दै नेताहरुकै आवाजमा व्यङ्ग्य प्रस्तुत गरे । सरकारको नेतृत्व गरिहेका नेताहरु लक्षित गरेर गइजात्रा विशेष व्यङ्ग्य प्रस्तुत गरेका हुन् । कार्यक्रममा हाँस्यकलाकार श्रीकृष्ण सिमखडाले समाजमा घटिरहेका विभिन्न प्रकारका घटनाको बारेमा व्यङ्ग्य गरेका छन् । देशमा गणतन्त्रको नाममा लुटतन्त्र मच्चिरहेको भन्दै उनले नेताहरुका आसेपासेहरुले देश लुटिरहेको गहिरो व्यङग्य प्रस्तुत गरे ।

‘गाँउको हजारौ विघा जमिन बाँझै छोडेर नेतालाई भोट हाल्ने युवाजति सबै विदेशमा रहेका र नेताले आफ्ना सात पुस्तालाई पुग्ने सम्पती कमाउने धन्दामा रहेकाले देश विकासमा ध्यान नदिएको व्यङग्य गरे । प्रधानमन्त्री केपि शर्मा ओली तथा काँग्रेस सभापती शेरवहादुर देउवाको शैलीलाई बोलीमा उतार्दे उनले समय र परिवेस अनुरुप देश अगाडी नबढेको धारणा राखेका छन । नेपाललाई सुधार्न जनता जान्न चाहान्छन होइन अव नेता जान्न चाहान्छन कि चाहादैनन् भन्ने कार्यक्रम चलाउन पनि पत्रकार ऋषि धमलालाई उनले आग्रह गरे ।

त्यस्तै कार्यक्रममा हाँस्यकलाकार दमन रुपाखेतीले आजको दिनलाई नेताहरुको पुण्य तिथिको संज्ञा दिदै वर्तमान सरकार मुलुकको अवस्था प्रति संवेदनशिल नभएको आरोप लगाएका छन् । अहिले हरेक घरमा नेता, पत्रकार,बलत्कारीहरु व्याप्तहुँदै गएको भन्दै उनले उखान टुक्काले मात्र देशमा रहेका विसंगतिको अन्य नहुने धारणा राखे । उनले भने, ‘वर्तमान सरकार जनताका जनजीविकाप्रति संवेदनशील छैन हत्याहिँसा बलात्कारका घटना दिनानु दिन बढीरहेका छन। गणतन्त्रको नामा जनता करको मारमा छन, करले जनतालाई थिचिरहेको छ ।’

देशले बुढो तथा रोगी प्रधानमन्त्री पाएको भन्दै उनले रगत सुकेको तथा नसाले काम नगर्ने प्रधानमन्त्रीको अवस्ताजस्तै देशको पनि अवस्ता रहेको धारणा राखे । युवालाई देशको बागडोर दिनुपर्ने जनाउदै उनले युवामा जस्तो भिजन तथा आत्म विश्वास रोगी तथा बृद्व नेताहरुमा नरहेको अभिव्यत्ति राखे ।युवा नेतृत्वलाई देशको प्रमुखको जिम्मेवारी दिनुपर्ने उनको धारणा रहे को छ । त्यस्तै कार्यत्रममा बोल्दै अर्का कलाकार जोगेन्दर पानवालाले विकसित तथा विकासोन्मुख देशमा राजनैतिक व्यङ्ग्य नहुने जनाउदै हाम्रो देशमा पनि राजनितीमाथीको व्यङ्ग्यको अन्त्य हुुनुपर्ने दिनको पर्खाईमा जनता रहेको बताए ।

दुई तिहाईको शक्ति रहेको सरकारले विकासका काममा ध्यान दिन आवश्यक रहेको बताउदै उनले देशमा व्याप्त भ्रष्ट्राचार, विषाधि युक्त भान्सा,जनतामाथी सरकारको हैकम, करको दायर बढाउदा जनताको दैनिकीमाथी प्रभाव, लुटेरा भ्रष्टलाई दिने तक्मा तथा सम्मान र नेताको विकास सम्बन्धी योजनाहरुका बारेमा व्यङ्ग्य प्रस्तुत गरे । त्यस्तै कार्यक्रममा बोल्दै कलाकार राजाराम पौडेलले पछिल्लो समय राजतन्त्र फर्कने हल्ला चलिरहदा नेताको व्यवहारबाट वाक्क भएका र राजाले देश बेच्न नसक्ने जनाए ।

‘राजाले बरु अंगुरको वाइन खालान तर होली वाईन खादैनन् ।’ उनले भने ‘ऋषि जीले नेपाली कागज ल्याउनु भएको भए म हस्ताक्षर गरेर दिन सक्छु राजाले देश बेचेको ईतिहास छैन ।’
अहिलेको संघीयताले पनि देशलाई कंगाल बनाउदै लगेको उनको आरोप रहेको छ । जनताले सोचे जस्तो देशमा परिवर्तन नआएको भन्दै उनले अहिलेका प्रदेश सांसद तथा माननियहरुले करोडौका गाडीको खरिद प्रक्रियाले राजा भन्दा पनि माथीको शैलि देखाई रहेको धारणा राखे ।

‘अहिलेका समाजिक सञ्जाल के भएका ? दिसा पिसाव गरेकोे समाचारलाई प्राथमिक्ता दिएर प्रसारण प्रकाशन गरिरहेका छन ।’उनले भने ‘वास्तविक पत्रकार को हो भन्ने छुट्टयाउन गाहो, जता पनि जात्रा नै जात्रा । ’ समाजिक सञ्जालमा भाइरल भईरहने सेलिब्रेटिका वान पिस लुगाको मात्र यो देशमा चर्चा भईरहेको बताउदै कुनै विकास प्रेमि नेताको चर्चाको सधै अभाव हुँदै गएको उनले बताए ।

अहिलेको शासन व्यवस्था प्रतिको व्यङ्गमा उनले के के नै पाउन्छौ भनेर लागीयो तर अहिले त केहि पाउन त परै जाओस देख्न समेत नपाएको उनले सुनाए । कार्यक्रमकै क्रममा आफुले प्रधानमन्त्रीको जिम्मेवारी पाए अहिलेको मन्त्री मण्डलमा भएका कुनैपनि नेतालाई आफ्नो मन्त्रीमण्डलमा नराख्ने बताए । अहिलेका नेताहरुले कानुन हेरेर नभई अनुहार हेरेर न्याय दिने खेल भईरहेको पनि सुनाए । त्यस्तै कार्यक्रममा बोल्दै डा.घनश्याम खतिवडाले देशमा व्याप्त समस्याको बारेमा भित्र सम्मै समस्या रहेको जनाउदै हरेक क्षेत्रमा भ्रष्ट्राचार अनियमियताले प्रसय पाएको जनाए ।

स्कुलदेखि विश्व विद्यालयसम्मै समस्याले पीडित रहेको जनाउदै उनले सबै पक्षलाई सफल बनाउन अहिलेका नेताको क्षमता नरहेको पनि प्रष्ट पारे । उनले भने, ‘सामाजिक संजालको दुरुपयोग दिन दुई गुना रात चार गुनाले बृद्वि भईरहेको छ । श्रीमान विदेशमा हुनेहरुका श्रीमती व्याइफ्रेन्ड बनाउदै हिडेका छन् । अनुसन्धानको दायरमा आउनुपर्ने भिडीयोहरु युट्युवबाट हेर्ने मिलिरहेको छ ।

मेसिनरीसंगको सम्बन्धले हाम्रो धर्म, संस्कृतिमाथी हस्तक्षेप भईरहेको छ ।’ अहिलेको सरकारले आर्थिक वर्षलाई चैतमा बनाई दिदापनि असार देखि असोज सम्म हुने अपराधहरुमा कमि आउने पनि उनको धारणा रहेको छ । तस्वीरः रिपोर्टर्स क्लब नेपाल