११ आश्विन २०८१, शुक्रबार
,
Latest
जेबिएनएल सेक्यूरिटिज् ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध नारायणी नदीमा झोलुंगे पुल बनेसँगै सुस्तावासीले भनेः जोखिमबाट मुक्ति पायौँ चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी तयार, खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज र नित्यानन्द सिफारिस भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो यस्तो छ प्रहरीको चाडबाड सुरक्षा योजना अस्ट्रेलियामा एमपक्सका बिरामीको सङ्ख्यामा वृद्धि मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ: परराष्ट्रमन्त्री भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्नसके दोब्बर पर्यटक नेपाल भित्रिन्छन्ः अध्यक्ष शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बम विष्फोट घटनाको विभिन्न पार्टीद्वारा भत्सना



अ+ अ-

बुटवल । प्रदेश नं ५ प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक भूमीश्वर ढकालको निजी निवासमा गए राति भएको बम विष्फोट घटनाको विभिन्न पार्टीद्वारा विरोध एवं भत्सना गरेका छन् ।

सचेतक ढकालको रुपन्देही जिल्ला सैनामैना नगरपालिका वडा नं ८ रामापुरस्थित निजी निवासमा गए राति करीब २ः३० बजेको समयमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको थियो । बम प्रहारबाट सचेतक ढाकालले चढ्ने गरेको लु१प ४५६ नंको सरकारी गाडीको पछाडिको भाग जलेर क्षतिग्रस्त भएको छ ।

नेकपा रुपन्देहीले सो घटनाको घोर निन्दा एवं भत्र्सना गरेको पार्टी जिल्ला सचिव निर्मलकुमार जिसीले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा यस खालका घटनामा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याई कारवाही गर्न सरकारसँग माग गरिएको छ ।

जननिर्वाचित जनप्रतिनिधि र पार्टीका नेताहरुलाई धम्क्याउने, आक्रमण गरी विचलित पार्ने प्रयासस्वरुप गरिएका यस प्रकारका आक्रमणका विरुद्ध संयमता अपनाउन तथा राजनीतिक रुपमा विरोध र सामना गर्न समेत सबैलाई आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै नेपाली काङ्ग्रेस प्रदेश नं ५ संसदीय दलले समेत सो घटनाप्रति दुःख व्यक्त गरेको छ । पार्टी संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले आज जारी गर्नुभएको विज्ञप्तिमा यस खालका घटनामा संलग्न ब्यक्तिलाई पहिचान गरी कानूनी कारवाहीको माग गरिएको छ । साथै शान्ति सुरक्षा र अमनचयनको वातावरण कायम राख्न समेत विज्ञप्तिमा सरकारसँग माग गरिएको छ ।