१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर

टुँडिखेल र सैनिक मञ्च अझ सुन्दर बनाइने

टुँडिखेल र सैनिक मञ्च अझ सुन्दर बनाइने
अ अ+ अ-

– नारायण न्यौपाने
काठमाडौँ । काठमाडौं को मुटुमा रहेको ऐतिहासिक महत्वको टुँडिखेललाई व्यवस्थित गरी अझ सुन्दर बनाइने भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले टुँडिखेल पुनःनिर्माण गर्ने भएपछि साँच्चीकै काठमाडौँको सुन्दरता बढ्ने र राष्ट्रिय कार्यक्रम गर्नसमेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

राष्ट्रियस्तरको कार्यक्रम सञ्चालन गर्न राजधानीमा उपलब्ध ऐतिहासिक धरोहरका रूपमा रहेको टुँडिखेललाई सुधार गर्ने क्रममा आधुनिक संरचना, नेपाली वास्तुकलासहित सैनिक मञ्चको क्षमता वृद्धि गरिनेछ । काठमाडौँ मध्यभागमा अवस्थित सामाजिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको टुँडिखेल मुलुककै गौरव हो ।

टुँडिखेलभित्र विसं २०१८ मा आधुनिक सैनिक मञ्च निर्माण गरिएको थियो । पुनःनिर्माणको क्रममा टुँडिखेल वरिपरि उद्यानसहितको ‘जगिङ ट्र्याक’ र महाँकाल मन्दिरबाट पुरानो बसपार्क जाने आकर्षक लिङ्करोड र दक्षिणमा प्यारापिट बनाइनेछ । घोडेजात्रा, गणतन्त्र दिवस, संविधान दिवस, शिवरात्रि र फूलपाती बढाइँजस्ता कार्यक्रममा पहुँच असुविधा भएपछि टुँडिखेल वरपरका रुख र भवनका छतबाट जोखिम सहेर सर्वसाधारणले कार्यक्रम हेर्दै आएका छन् ।

टुँडिखेलको पुनःनिर्माण र उत्थानका लागि झण्डै रु ९० करोड आवश्यक पर्नेमा यस वर्ष वार्षिक बजेटमा रु पाँच करोड परेको नेपाली सेनाले जानकारी दिएको छ । पुनःनिर्माणलाई सेनाले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा अघि बढाउने निधो गरेको बताइएको छ ।

सैनिक मञ्चमा हाल कायम रहेको एक हजार ३६५ सिट सङ्ख्यालाई बढाएर तीन हजार ८० पु¥याउने, भूकम्प प्रतिरोधी परम्परागत नेपाली संरचना, अतिविशिष्ट व्यक्तिका लागि ‘बुलेटप्रुफ क्याबिन’, फरक क्षमताका व्यक्तिमैत्री भौतिक पूर्वाधार, सर्वसाधारणका लागि सहज पहुँच र भूमिगत पार्किङसम्बन्धी विषय टुँडिखेल तथा सैनिक मञ्च सुधार परियोजनामा समावेश गरिएकोे छ ।

अतिविशिष्ट व्यक्तिसमेत उपस्थित भइरहने तथा राष्ट्रिय कार्यक्रम हुने सैनिक मञ्चलाई साजसज्जासहित चिटिक्क र आधुनिक तुल्याउने कार्यक्रम अघि बढाइएको रक्षा मन्त्रालयका सहायक प्रवक्ता मनोजकुमार आचार्यले जानकारी दिए । त्यहाँ लिफ्टसहितको व्यवस्था गरिने बताइएको छ ।

विसं १९९० अघि र पछिका ठूला भूकम्पमा राजधानीवासीलाई आश्रय दिँदै आएको टुँडिखेल शहरी क्षेत्रका नागरिकको लागि अहिले बिहान–बेलुका स्थास्थ्यलाभका लागि हिँड्डुल गर्ने थलोका रूपमा समेत प्रयोग भइरहेको छ । त्यसो त, पहिलो र दोस्रो विश्वयुद्धमा सहभागी हुन जाने नेपाली युवाले यसै टुँडिखेलमा अभ्यास गरेको इतिहास छ । शहरका केटाकेटीलाई दुःख दिने गुरुमापा नामक राक्षसलाई घोडाको टापले थिचेर अन्त्य गर्न घोडा कुदाउने परम्परा पनि यही टुँडिखेलले बोकेको छ ।

मुलुकका विभिन्न भागका नागरिकले काठमाडौँ आएर हेर्ने महत्वपूर्ण स्थलका रूपमा रहेको टुँडिखेलमा अहिले शहरी क्षेत्रका स–साना केटाकेटी र युवापुस्ताका लागि फुटबल र क्रिकेट सिक्ने ठाउँ तथा योग अभ्यास गर्ने थलो भएको छ । विभिन्न चाडपर्वसँग जोडेर टुँडिखेलमा अचेलभर मेला र महोत्सवसमेत आयोजना गरिँदै आइएको छ ।

वीर सैनिकको योगदानको स्मरण र कदरस्वरुप निर्माण गरिएको सैनिक मञ्चमा विगतमा नेपाल भ्रमणमा आउने विशिष्ट पाहुनालाई सम्मान गारत प्रदान गर्ने प्रचलन थियो । पुनःनिर्माणपछि टुँडिखेलमा आयोजना हुने राष्ट्रिय कार्यक्रममा सर्वसाधारणको पहँुचलाई समेत व्यवस्थित र सहज हुने अपेक्षा गरिएको छ ।