११ आश्विन २०८१, शुक्रबार
,
Latest
जेबिएनएल सेक्यूरिटिज् ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध नारायणी नदीमा झोलुंगे पुल बनेसँगै सुस्तावासीले भनेः जोखिमबाट मुक्ति पायौँ चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी तयार, खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज र नित्यानन्द सिफारिस भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो यस्तो छ प्रहरीको चाडबाड सुरक्षा योजना अस्ट्रेलियामा एमपक्सका बिरामीको सङ्ख्यामा वृद्धि मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ: परराष्ट्रमन्त्री भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्नसके दोब्बर पर्यटक नेपाल भित्रिन्छन्ः अध्यक्ष शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

उप–निर्वाचनमा कांग्रेस दुईपार्टी जस्तो हुनु भएन: सभापति देउवा



अ+ अ-

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आगामि मंसिरमा हुने उप–निर्वाचनले कांग्रेसको दुई गुटलाई एउटै पार्टी बनाउने गरि एकता गराउनुपर्ने जिकिर गरेका छन् । पार्टि एकता उपनिर्वाचनबाट नै सम्भव हुने उनले बताए । प्रतिनिधिसभातर्फ कास्की–२ लगायतका क्षेत्रमा उपनिर्वाचन हुँदै गर्दा यता सबै मिलेर उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताएर एकताको सन्देश दिनुपर्ने उनले बताएका हुन् ।

कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गण्डकी प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि आयोजना गरिएको दुईदिने प्रदेशस्तरीय प्रशिक्षणमा सभापति देउवाले अब पनि दुई पार्टीको रुप देखाउन नहुने बताए । एमाले र माओवादी दुईवटा पार्टी मिलेर एक बनिरहँदा सिंगो पार्टी रहेको कांग्रेस दुईवटा देखिएको र यसले पार्टिमा खलल ल्याउने उनले प्रस्ट बताए। त्यसैले एकपार्टी बनेर निर्वाचनमा जित हासिल गर्नुपर्ने उनको भनाई छ ।

‘उप–निर्वाचनमा कांग्रेस दुईपार्टी जस्तो हुनु भएन । कम्युनिष्टको दुई पार्टी एउटा जस्तो देखिएको छ, तर, सिंगो कांग्रेस दुइवटा जस्तो देखिएको छ,’ देउवाले भने, ‘अब कुनै पनि हालतमा दुई पार्टी जस्तो हुनु भएन। चुनावमा टिकट एउटाले पाउँछ, टिकट पाउनेलाई हराउने काम गर्न पाइदैन। चुनावमा सबै एक भएर लाग्नुपर्छ।’ कुनैपनि हालतमा चुनाव जिताएर देखाउनुपर्ने उनले बताए।