धरान । सप्तकोशीमा पौडी खेल्ने क्रममा डुबेर ११ वर्षीय बालिकाको मृत्यु भएको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका ६ का शिवराज राईको छोरी मेदिम राईको कोसीले बगाएर मृत्यु भएको हो।
कोशीले बगाउँदै गरेको देखेर तत्काल उनलाई स्थानीय माझीले उद्धार गरेको भएपनि उनको मृत्यु भइसकेको जनाइएको छ ।मृतक बालिकाको शव पोस्टमार्टमका लागि विपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान ल्याइएको छ।