१० भाद्र २०८३, बुधबार
,
Latest
बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक…
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लवका चार नेताले गरे आत्मसर्पण



अ+ अ-

रुकुम । विप्लव नेतृत्वको नेकपाका चार नेताले आत्मसर्पण गरेका छन्।

आत्मसमर्पण गर्नेमा रोल्पाको थवाङ गाउँपालिकाका–१ घर भइ हाल भूमे गाउँपालिका–२ बस्दै आएका २५ वर्षीय बालकुमार बुढा मगर,भूमे गाउँपालिका ६, का २४ वर्षीय महेश सुनार, ३० वर्षीय बटकुमार बुढा मगर र १९ वर्षीय विनोद छिनाल रहेका छन्। उनीहरु चन्द समूहका सक्रिय र भूमिगत कार्यकर्ता भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयसँगको सम्पर्क मार्फत उनीहरुले शुक्रबार रुकुम पूर्व जिल्ला प्रशासन कार्यालयमा आत्मसपर्मण गरेको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए।