१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर

इन्डोनेसियाको स्वतन्त्रता दिवस काठमाडौँमा पनि मनाइयो

इन्डोनेसियाको स्वतन्त्रता दिवस काठमाडौँमा पनि मनाइयो
अ अ+ अ-

काठमाडौं । गणतन्त्र इण्डोनेशियाको ७४ औं स्वतन्त्रता दिवस शनिबार नेपालका लागि इण्डोनेशियाको अवैतनिक महावाणिज्यदुतावासको पहलमा काठमाडौँमा पनि मनाइएको छ ।


नेपालका लागि इण्डोनेशियाका अवैतनिक महावाणिज्यदूत एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौँमा रहेको इण्डोनेशियाको महावाणिज्यदूताबासको कार्यालय आइएमइ कम्प्लेक्स, पानी पोखरीमा झण्डोत्तलन गर्नुभएको थियो ।


कार्यक्रममा नेपालमा बसोबास गरिरहेका इण्डोनेशियाली नागरिकहरु, वाणिज्यदूताबास कार्यालयका कर्मचारीलगायतको उल्लेख्य उपस्थिति थियो ।


इण्डोनेसियको शान्ति र समृद्विको कामना गर्दै अवैतनिक महाबाणिज्यदूत ढकालले सन् २००८ देखि नै बिभिन्न उद्देश्यले नेपालमा बसोबास गरिरहेका इण्डोनेसियाली नागरिकसँग सँगै बसेर इण्डोनेसियाको स्वतन्त्रता दिवस मनाउन पाउँदा खुशी लागेको बताउनुभयो ।


नेपाल र गणतन्त्र इण्डोनेशियाबीच सन् १९६० मा औपचारिक रुपमा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो ।


गणतन्त्र इण्डोनेशियाले आइएमई ग्रुपका अध्यक्ष ढकाललाई नेपालका लागि अवैतनिक महावाणिज्यदुतमा नियुक्त गरे यता यी दुई देशबीचको सम्बन्ध थप सुमधुर बन्नुका साथै द्धिपक्षीय हित एवम् सांस्कृतिक तथा व्यापारिक साझेदारीका कार्यक्रमहरु विस्तारित हुदै आएका छन् ।


नेपालका लागि इण्डोनेशियाको गैह्र आवासीय राजदुतको कार्यालय बंगलादेशको ढाकामा अवस्थित छ । इण्डोनेशिया आसियान राष्ट्रहरूमध्येको सबैभन्दा ठूलो अर्थतन्त्र हो ।


नेपाल र इण्डोनेशियाबीचको व्यापारको परिमाण पछिल्ला वर्षहरुमा बढ्दै गएको छ । दुई देशबीच पर्यटन लगायत विभिन्न व्यापार व्यवसायका क्षेत्रमा थुप्रै सम्भावनाहरु रहेका छन् ।