११ आश्विन २०८१, शुक्रबार
,
Latest
पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध नारायणी नदीमा झोलुंगे पुल बनेसँगै सुस्तावासीले भनेः जोखिमबाट मुक्ति पायौँ चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी तयार, खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज र नित्यानन्द सिफारिस भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो यस्तो छ प्रहरीको चाडबाड सुरक्षा योजना अस्ट्रेलियामा एमपक्सका बिरामीको सङ्ख्यामा वृद्धि मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ: परराष्ट्रमन्त्री भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्नसके दोब्बर पर्यटक नेपाल भित्रिन्छन्ः अध्यक्ष शाह दसैँ आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलाकार शुभद्रा अधिकारीको अन्त्येष्टि



अ+ अ-

काठमाडौँः वरिष्ठ कलाकार शुभद्रा अधिकारीको अन्त्येष्टि गरिएको छ । दम र निमोनिया रोगले पीडित अधिकारीको शनिबार बिहान निधन भएको थियो ।

नृत्य, रङ्गमञ्च हुँदै चलचित्र कलाकारका रुपमा समेत लामो समय कलाकारिता गर्नुभएकी अधिकारीलाई सरकारले विशिष्ट श्रेणीको सुविधा दिँदै आएको नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्काले जानकारी दिनुभयो ।

स्व अधिकारीले लामो समय सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा समेत सेवा गर्नुभएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराई पशुपति आर्यघाट पुग्नु भई स्व अधिकारीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । उहाँकाे पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएकाे थियाे ।

विसं २००४ भदौ २० गते जन्मनुभएकी अधिकारीको ७३ वर्षको उमेरमा निधन भएको हो ।

कलाकारमाझ मिलनसार र मृदुभाषीको परिचय बनाउनुभएकी अधिकारीका एक छोरा र एक छोरी हुनुहुन्छ ।