५ असार २०८३, शुक्रबार
,
Latest
मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछः मन्त्री चौधरी नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलाकार शुभद्रा अधिकारीको अन्त्येष्टि



अ+ अ-

काठमाडौँः वरिष्ठ कलाकार शुभद्रा अधिकारीको अन्त्येष्टि गरिएको छ । दम र निमोनिया रोगले पीडित अधिकारीको शनिबार बिहान निधन भएको थियो ।

नृत्य, रङ्गमञ्च हुँदै चलचित्र कलाकारका रुपमा समेत लामो समय कलाकारिता गर्नुभएकी अधिकारीलाई सरकारले विशिष्ट श्रेणीको सुविधा दिँदै आएको नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्काले जानकारी दिनुभयो ।

स्व अधिकारीले लामो समय सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा समेत सेवा गर्नुभएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराई पशुपति आर्यघाट पुग्नु भई स्व अधिकारीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । उहाँकाे पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएकाे थियाे ।

विसं २००४ भदौ २० गते जन्मनुभएकी अधिकारीको ७३ वर्षको उमेरमा निधन भएको हो ।

कलाकारमाझ मिलनसार र मृदुभाषीको परिचय बनाउनुभएकी अधिकारीका एक छोरा र एक छोरी हुनुहुन्छ ।