१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर

भक्तपुर क्यान्सर अस्पतालमा किचलाे, व्यवस्थापन समितिकाे पुनर्गठनप्रति आपत्ति

भक्तपुर क्यान्सर अस्पतालमा किचलाे, व्यवस्थापन समितिकाे पुनर्गठनप्रति आपत्ति
अ अ+ अ-

काठमाडौं । भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिले अस्पताल व्यवस्थापन समितिका अध्यक्षलगायत सदस्यहरुमा बदनियतपूर्वक लाञ्छना लगाउने कार्य भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त संस्थाले यस्तो स्पष्ट पारेको हो । संस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हालको परिस्थितीमा एउटा पारीवारीक वातावरणमा सुमुधर सम्बन्ध अस्पताल व्यवस्थापनमा कर्मचारी र व्यवस्थापनबीच रहेको असल सम्वन्धमा एक्कासी असहज वातावरण श्रृजना गरी कपोलकल्पित आरोपहरुको समाचारहरु पत्रिकामार्फत सम्प्रेषण गरी स्वास्थ्य सेवाजस्तो सम्वेदनशील क्षेत्रमा राजनैतिक कृयाकलाप सञ्चालन भएकोमा हामीलाई दुःख लागेको छ ।’
कार्यक्रममा संस्थाका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठले अस्पतालमा कार्यरत केही कर्मचारी, डाक्टरहरुले आफ्नो व्यक्तिगत स्वार्थ र राजनैतिक स्वार्थको लागि अस्पताल एवं व्यवस्थापन समितिसँग बिना वार्ता एवं छलफल अस्पताल कर्मचारीहरुको मात्र एकतर्फि कुरा सुनि भक्तपुर नगरपालिकाले वर्तमान अस्पताल व्यवस्थापन समितिलाई पुर्नगठन गरेकोमा आपत्ति जनाए ।

भक्तपुर क्यान्सर अस्पतालको सेवा निर्वाध एवं बाधा व्यवधान बिनानै सुचारु होस भन्ने कुरामा आफूहरु अत्यन्त सम्वेदनशील हुदै सहकार्य, वार्ता र सम्वादको माध्यमबाट टुंगोमा पुग्न व्यवस्थापन समितिका पदाधिकारीहरु तयार रहेको अध्यक्ष श्रेष्ठले विश्वास दिलाए । आफूहरु कानुनी लडाई लड्ने तयारीमा रहेको पनि श्रेष्ठको भनाई छ ।

भक्तपुर नगरपालिकाले आफ्नो छुटृै व्यवस्थापन समिति गठन गर्ने निर्ण गरेपनि आफूहरुको मौजुदा व्यवस्थापन समिति यथावत रहेको पनि उनीहरुले जनाएका छन् । नयाँ व्यवस्थापन समिति गठन भएको सम्वन्धि समाचारको भ्रममा नपरि अस्पतालको नियमित सेवा निरन्तर प्रवाह हुने सम्पूर्ण बिरामी तथा सर्वसाधारणहरुलाई जानकारीको लागि अनुरोध गर्दछ ।


कार्यक्रममा व्यवस्थापनि समितिका सदस्य बिमल कुमार होडाले विज्ञप्ती वाचन गरेका थिए ।

प्रेस विज्ञप्ति (पूर्ण पाठ)
मिति २०७६।०४।३२


नेपाल अर्बुद रोग निवारण संस्था २०३९ सालमा स्थापना गरिएको अर्बुद रोग निवारण सम्वन्धी नेपालको पहिलो कल्याणकारी सामाजिक संस्था हो । जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा दर्ता भै आम नेपाली जनमानसलाई क्यान्सर के हो र यसबाट बच्न र बचाउने उदेश्यले स्थापना भएको यस संस्थाको पूर्वदेखि पश्चिमसम्म गरी ४४ वटा जिल्ला शाखाहरुमा कार्यरत स्वयमसेवकहरु मार्फत क्यान्सर रोग बिरुद्ध आमजनमानसमा जनचेतना अभिबृद्धि गर्दै आईरहेको यस संस्थाले क्यान्सर रोगको क्षेत्रमा प्रतिकारात्मक तथा उपचारात्मक दुवै क्षेत्रहरुमा कार्यहरु गर्दै आईरहेको छ । प्रतिकारात्मकतर्फ संस्थाबाट आफ्नो जिल्ला शाखाहरु मार्फत जनचेतना मुलक कार्यक्रम, प्रचार प्रसार , शिविरहरु सञ्चालन गर्दै आईरहेको छ भने उपचारात्मक क्षेत्रतर्फ संस्थाको प्रयासबाट भक्तपुरमा नेपाल सरकार, रोटरीक्लव तथा भक्तपुर नगरपालिका र अन्य स्थानिय तह तथा स्थानिय बासिहरुको सहयोगमा २०५१ सालमा भक्तपुर क्यान्सर केयर सेन्टरको नामबाट सञ्चालन गरि हाल भक्तपुर क्यान्सर अस्पतालको रुपमा नेपालभरिका क्यान्सर बिरामीहरुलाई सेवा सुविधा प्रदान गर्दै आईरहेको कुरा सर्वबिदितै छ ।

नेपाल अर्बुद रोग निवारण संस्था भक्तपुर क्यान्सर अस्पताल सामुदायिक अस्पतालको रुपमा गैर सरकारी, गैर नाफामूलक, पव्लिक प्राइभेट पार्टनसिप रुपमा व्यवस्थापन गर्न सफल एउटा नमूना च्यारिटी अस्पताल रहेको कुरा सवैमा बिदितै छ ।

नेपाल सरकार तथा बिभिन्न दाताहरुबाट प्राप्त अनुदान सहयोगबाट भौतिक पूर्वाधार निर्माण र उपकरणहरुको व्यवस्था गर्दै सिमीत चिकित्सकहरु, स्वास्थ्थकर्मीहरु , कर्मचारीहरु रु श्रोत साधनको उपयोग गरी क्यान्सर उपचार गर्दै आईरहेकोछ । यसमा स्थापनाकाल देखी हाल सम्मका व्यवस्थापन समितीले सहजकारी भूमिका निर्वाह गर्दै आएको र गरीरहने कुरामा बिवाद हुन सक्दैन तर हालको परिस्थितीमा एउटा पारीवारीक वातावरणमा सुमुधर सम्वन्ध बिच अस्पताल व्यवस्थापनमा कर्मचारी र व्यवस्थापन बीच रहेको असल सम्वन्धमा एक्कासी असहज बातावरण श्रृजना गरी कपोलकल्पित आरोपहरुको समाचारहरु पत्रिका मार्फत सम्पे्रषण गरी स्वास्थ्य सेवा जस्तो सम्वेदनशील क्षेत्रमा राजनैतिक कृयाकलाप सञ्चालन भएकोमा हामीलाई दुःख लागेकोछ ।
सस्थागत बिकासमा सरोकार राख्ने सवै पक्षसंग हामी सधै सहकार्य गर्दै स्वास्थ्य मन्त्रालय, भक्तपुर नगरपालिका,स्थानिय प्रशासनबाट सकारात्मक सहयोग प्राप्तनै हुदै आएको छ । भक्तपुर क्यान्सर अस्पतालको सेवा निर्वाध एवं बाधा व्यवधान बिनानै सुचारु होस भन्ने कुरामा हामी अत्यन्त सम्वेदनशील हुदै सहकार्य, वार्ता र सम्वादको माध्यमबाट टुंगोमा पुग्न हामी व्यवस्थापन समितिका पदाधिकारीहरु तयार छौं । धेरै बर्षको प्रयासको बावजुद क्यान्सर रोगीहरुको सुलभ उपचारमा हालैमात्र रेडियोथेरापी सेवामा अत्याधुनिक उपकरण लिनायक एसीलेटर जडान भै सेवा समेत सुचारु गर्न लागेको अवस्थामा बिरामीहरुले पाउने आर्थिक राहत एवं सेवा सुविधामा बाधा आउने बातावरण श्रृजना भएकोमा हामी ज्यादै चिन्तित छौं ।

यस किसिमको संवेदनशील क्षेत्रमा कार्य गर्दै आएको यस अस्पतालको सम्वन्धमा बिभिन्न पत्रपत्रिकाहरु मार्फत भ्रामकपूर्ण समाचार प्रकाशन गरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लगायत सदस्यहरुमा बदनियतपूर्वक लांक्षना लगाउने कार्य भैरहेको सन्दर्भमा भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन उक्त समाचार प्रति गहिरुो रुचिका साथ अध्ययन तथा परामर्शहरु गरि रहेकोमा अकस्मात अस्पतालमा कार्यरत केही कर्मचारी,डाक्टरहरुले आफ्नो व्यक्तिगत स्वार्थ र राजनैतिक स्वार्थको लागि अस्पताल एवं व्यवस्थापन समितिसँग बिना वार्ता एवं छलफल अस्पताल कर्मचारीहरुको मात्र एकतर्फि कुरा सुनि भक्तपुर नगरपालिकाले वर्तमान अस्पताल व्यवस्थापन समितिलाई पुर्नगठन गरि भक्तपुर नगरपालिकाको मेयरको अध्यक्षतामा भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समिति गठन गरिएको बारे समाचार आउदा हामिलाई आश्चर्य लागेको छ ।
के नगरपालिकालाई भक्तपुर क्यान्सर अस्पताल जस्तो स्वायत्त संस्थामा हस्तक्षेप गरी आफ्नै व्यवस्थापन समिति गठन गर्न मिल्छ कि मिल्दैन ? भक्तपुर नगरपालिकाले आफ्नो छुटृै व्यवस्थापन समिति गठन गरेको निर्णय गरे पनि हाम्रो मौजुदा व्यवस्थापन समिति यथावत रहेको तपाईहरुलाई जानकारी गराउदै नयाँ व्यवस्थापन समिति गठन भएको सम्वन्धि समाचारको भ्रममा नपरि अस्पतालको नियमित सेवा निरन्तर प्रवाह हुने सम्पूर्ण बिरामी तथा सर्वसाधारणहरुलाई जानकारीको लागि अनुरोध गर्दछ ।

अध्यक्ष, लोकेन्द्र कुमार श्रेष्ठ ( ईश्वर)
निवर्तमान अध्यक्ष तथा विशेष सल्लाहकार , दिवाकर राजकर्णिकार
कोषाध्यक्ष,कृष्ण प्रसाद ताम्राकार
सदस्य, महेश श्रेष्ठ
सदस्य, बिमल कुमार होडा
सदस्य, रोटरीयन मणिध्वज जोशी
सदस्य, रोटरीयन शिवभक्त राजभण्डारी
सदस्य, श्रीधर राठौर
नेपाल अर्बुद रोग निवारण संस्था
भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समिति