१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर

घाँस काट्न गएकी किशोरीको लडेर मृत्यु

घाँस काट्न गएकी किशोरीको लडेर मृत्यु
अ अ+ अ-

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चलेमा घाँस काट्न गएकी एक किशोरीको शनिबार भीरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षीया रचना भट्ट रहेको सोही वडाका वडाध्यक्ष नरहरि भट्टले जानकारी दिनुभयो ।

उहाँको अनुसार आमासँग घरछेउको बारीमा घाँस काट्न गएकी ती किशोरीको लडेर मृत्यु हो । उनी बौद्धिक अपाङ्गतासमेत भएकाले घटनाको समयमा हारगुहार माग्न नसक्दा लडेर अत्यधिक रक्तश्रावको कारण मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

यस्तै गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा गए राति श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । स्थानीय २० वर्षीय याकुब परियारले आफ्नी १९ वर्षकी श्रीमती पूजा परियारको खुर्पाले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिनुभयो ।

“छिमेकीहरुले दिएको सूचनाको आधारमा प्रहरी तत्काल घटनास्थल पुगेको थियो”, उहाँले भन्नुभयो, “१० बजेतिर घटना भएको रहेछ, प्रहरी पुग्दा पूजाको घटनास्थलमै मृत्यु भइसकेको अवस्थामा शव भेटियो ।” प्रहरीका अनुसार मृतकका श्रीमान् याकुव मानसिक रोगी हुन् ।

हत्याका आरोपित याकुवलाई गए राति नै नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ । “उनी मानसिक रोगको औषधि खाँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ”, प्रहरी उपरीक्षक अधिकारीले भन्नुभयो, “घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।” मृतकको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल गोरखामा राखिएको प्रहरीले जनाएको छ ।