११ आश्विन २०८१, शुक्रबार
,
Latest
पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध नारायणी नदीमा झोलुंगे पुल बनेसँगै सुस्तावासीले भनेः जोखिमबाट मुक्ति पायौँ चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी तयार, खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज र नित्यानन्द सिफारिस भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो यस्तो छ प्रहरीको चाडबाड सुरक्षा योजना अस्ट्रेलियामा एमपक्सका बिरामीको सङ्ख्यामा वृद्धि मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ: परराष्ट्रमन्त्री भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्नसके दोब्बर पर्यटक नेपाल भित्रिन्छन्ः अध्यक्ष शाह दसैँ आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बांग्लादेशमा विषण आगालागी: १५ हजार झुपडी ध्वस्त , ५० हजार मानिस बेघर



अ+ अ-

काठमाडौं । बांग्लादेशको राजधानी ढाकास्थित एउटा बस्तीमा भीषण आगालागी हुँदा ५० हजार मानिस घरबारविहीन भएका छन्।

चलानटीकास्थित झुपडी–वस्तीमा शुक्रवार राती लागेको आगोमा करिब १५ हजार घर सखाप भएका छन्।

प्लाष्टिकका छत भएका घर बढि भएका कारण आगो नियन्त्रणमा लिन झनै गाह्रो भएको बताइएको छ । यो घटनामा कैयौँ मानिस घाइते भएका छन् तर कसैको मृत्यु भएको खबर भने नआएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् । आगो नियन्त्रणमा लिन दमकललगायतका यन्त्रसहित अग्नी सुरक्षाकर्मीलाई ६ घण्टाभन्दा बढि लागेको बताइएको छ ।

घटनामा कसैको मृत्यु भएको छैन तर थुप्रै मानिसहरू घाइते भएका छन्।त्यहाँ बस्ने अधिकांश मानिसहरू न्यून आय भएकाहरू छन्।

सरकारले घरबार विहीन भएका हजारौँ मानिसलाई राहत दिइने घोषणा गरेको छ।फेब्रुअरी महिनामा ढाकास्थित एउटा ऐतिहासिक जिल्लामा भएको आगलागीमा करिब ८० जनाको मृत्यु भएको थियो।त्यस्तै तटीय सहर चिट्टगाउँको एउटा बस्तीमा भएको आगलागीको अर्को घटनामा नौजनाको ज्यान गएको थियो।