• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित ★   सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले वाचन गरेको महामन्त्री ढकालको प्रतिवेदनमा के छ ? – पूर्णपाठ ★   रास्वपा बैठकमा महामन्त्री ढकालले पेश गरे ३२ पेजको प्रतिवेदन ★   टीआरसी विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक जारी ★   राष्ट्र अप्ठ्यारोमा परेका बेला दलहरूबीच संवाद र साझा प्रयास आवश्यक हुन्छ: अध्यक्ष ओली ★   कोशी बाढीको क्षति रोक्न सुनसरी र सप्तरीमा उच्च शतर्कता ★   नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई नेपाली काँग्रेसको आग्रह ★   एसइईमा नवलपुरका १२ विद्यालयको नजिता‘शून्य’ ★   आफ्नै पसल चोरीको अभिनय गर्दा… ★   नेकपा एस महाधिवेशन: १२ समूहका सुझाव पेस हुँदै

अभिनेत्री पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश



काठमाडौं । अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।निर्माता छवि ओझाकी जेठी पत्नी हेमाले दिएको बहुविवाह मुद्दामा काठमाडौं जिल्ला अदालतले छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

पक्राउ पुर्जी जारी गरेपछि सर्वोच्च पुगेकी शिल्पालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले तत्काल पक्राउ नगर्न आदेश दिएको हो ।

आफूविरुद्ध जारी भएको पक्राउ पूर्जी खारेज गर्न माग गर्दै शिल्पा उच्च अदालत पाटन पुगेकी थिइन् । तर पाटनले जिल्ला अदालत काठमाडौंको पक्राउ पूर्जी रोक्न अस्वीकार गरेपछि उनी सर्वोच्च गएकी हुन् ।

सर्वोच्चले भने तत्काल पक्राउ नगर्न आदेश दिँदै भदौ १५ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।