२२ असार २०८३, सोमबार
,
Latest
सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारीमा ९६ करोड ठगी



अ+ अ-

काठमाडौं । वैदेशिक रोजगारीमा गत आर्थिक वर्ष ९६ करोड रुपैयाँ ठगी भएको छ। वैदेशिक रोजगार विभागका अनुसार आव २०७५/०७६ मा ९५ करोड ८४ लाख ठगी भएको हो। अघिल्लो आवमा डेढ अर्ब ठगी भएको थियो।

व्यक्तिगततर्फ ५६ करोड २१ लाख र संस्थागततर्फ ३९ करोड ६३ लाख ठगी भएको छ। ठगी बढ्दै गएपछि नियन्त्रण गर्न सरकारले अनुगमन संयन्त्र प्रभावकारी बनाउने भएको छ। वैदेशिक रोजगारीमा ठगी नियन्त्रण गर्न सरकारले विगतदेखि नै पहल थाले पनि सफल हुन सकेको छैन।

वैदेशिक रोजगार विभागका अनुसार गत आवमा ठगीमा परेको भन्दै दुई हजारभन्दा बढी उजुरी परेका छन्। विभाग स्रोतका अनुसार दुई हजार ७९ उजुरीमा ९६ करोड रुपैयाँ ठगीको दाबी गरिएको हो। यसमा व्यक्तिगतभन्दा म्यानपावर व्यवसायीबाट (संस्थागत उजुरी) ठगिने बढी छन्। विभागका अनुसार संस्थागत उजुरी एक हजार दुई सय ६३ छन्। व्यक्तिगततर्फ आठ सय १९ उजुरी दर्ता भएका छन्।

वैदेशिक रोजगार विभागका महानिर्देशक डा।भीष्मकुमार भुसालले उजुरीको संख्या संस्थागतमा धेरै देखिए पनि व्यक्तिगतमा बढी रकम ठगी भएको जानकारी दिए। ‘पछिल्लो समय अनुगमन प्रभावकारी बनाउँदै लगेका छौं’, उनले भने। म्यानपावर व्यवसायीले कामदारलाई बढी शुल्क लिने, रोजगारदाताले भने बमोजिम पारि श्रमिक नदिने, पैसा लिने तर विदेश नपठाउनेलगायत ठगी गर्दै आएका छन्।

विभागले गत आवमा ८१ म्यानपावरलाई कारबाही गरेको छ। त्यसमध्ये ४२ वटा म्यानपावर असारमा मात्रै कारबाहीमा परेका हुन्। सरकारले एजेन्ट खारेज गरे पनि भूमिगत अवस्थामा काम गर्दै आइरहेका छन्। एजेन्टकै कारण ठगी रोक्न चुनौती थपिएको हो। म्यानपावर व्यवसायीले नै कतिपय आफ्ना कर्मचारीलाई एजेन्टका रूपमा काममा लगाएका छन्।

विभागका अनुसार संस्थागत उजुरीमध्ये चार सय २९ को फरफारक भएको छ। विभागले ठगीका मुद्दामा म्यानपावर र कामदार सहमतिमा आए उजुरी फरफारक गर्दछ। तर, व्यक्तिगत उजुरी अनुसन्धानका लागि वैदेशिक रोजगार न्यायाधिकरणमा पठाइन्छ। विभागका अनुसार व्यक्तिगत ठगीमध्ये दुई सय १९ उजुरी अदालतमा मुद्दा दायर भएको छ। ५६ करोड २१ लाखको व्यक्तिगत उजुरीको बिगो दाबीमध्ये २४ करोड ५० लाख अदालतमा दाबी गरिएको हो।

व्यक्तिगत उजुरीमा आवश्यक कागजात नहुँदा अनुसन्धानमा समस्या परेको विभागका निर्देशक राजेश्वर अर्याल बताउँछन्। ‘कतिपय गैरवैदेशिक रोजगारीको मुद्दा पनि हामीकहाँ आउने गरेको छ’,उनले भने,‘वैदेशिक रोजगारीकै ठगीमा पनि प्रष्ट प्रमाण नहुँदा अनुसन्धानमा समस्या पर्छ।’ आकर्षक पारि श्रमिक दिलाइ दिने भन्दै एजेन्टले कामदारबाट लाखौं रकम ठगी गर्दै आएका छन्। केही लाख खर्च गरेर मोटो रकम कमाइने प्रलोभनमा युवा ठगीमा पर्ने गरेको विभागको ठम्याइ छ।

वैदेशिक रोजगारीमा ठगी नरोकिएको भन्दै सरकारले पछिल्लो समयमा म्यानपावर अनुगमन प्रभावकारी बनाउँदै लगेको छ। अनुगमन प्रभावकारी नहुँदा वैदेशिक रोजगारीका नाममा युवा ठगिन वाध्य छन्। विभागले नियमित अनुगमन मात्र नगरी आकस्मिक अनुगमनमार्फत ठगी गर्ने म्यानपावरलाई कारबाही गर्दै आएको छ।

सरकारले गत आव ३९ वटा म्यानपावरको अनुगमन गरेको छ। वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउन अनुगमन प्रभावकारी बनाउने नीति रहेको महानिर्देशक भुसालले बताए। सरकारले पछिल्लो समय अनुगमन टोली परिचालन कार्यविधि, २०७६ बनाएर अनुगमनलाई प्रभावकारी बनाउँदै लगेको हो। वैदेशिक रोजगारसम्बन्धी गैरकानुनी कार्य नियन्त्रण गर्न कार्यविधि बनाइएको छ। नयाँ कार्यविधिअनुसार २४ सै घण्टा सरकारले म्यानपावर अनुगमन गर्छ। शनिबार र अन्य सार्वजनिक बिदाका दिनसमेत अनुगमन गर्न सकिने प्रावधान कार्यविधिमा छ। शनिबार या बिदाको दिन पारेर श्रमिकसँग अत्यधिक पैसा असुल्ने, गैरकानुनी अन्तर्वार्ता लिई कामदार ठग्ने गरेको गुनासो आएपछि अनुगमन प्रभावकारी बनाइएको महानिर्देशक भुसालले बताए।

वैदेशिक रोजगार विभागका प्रवक्ता भोलानाथ गुरागाईंले पुराना उजुरीको फाइल अध्ययन गरी तामेलीमा राखिएको जानकारी दिए। उनले भने, ‘उजुरीकर्ता सम्पर्कमा नआउने अवस्था हटाउन ती उजुरी अनुसन्धानमार्फत तामेलीमा राखी प्रमाणसहित आउन सूचना जारी गरेका छौं।’, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।