२२ असार २०८३, सोमबार
,
Latest
सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लामा बिजुली युनिटकै १ सय !



अ+ अ-

जुम्ला । एक महिनादेखि बिजुलीविहीन जुम्लामा जलविद्युत् आयोजना सञ्चालनमा ल्याउनुको साटो डिजेल प्लान्ट ल्याइयो । तर प्लान्टबाट उत्पादित विद्युत् प्रतियुनिट सय रुपैयाँ पर्ने भएको छ ।

साना जलविद्युत् योजना बिग्रिएपछि सांसद विकास कोषबाट १६० किलोवाट र विद्युत् प्राधिकरणबाट ३ सय किलोवाटको डिजेल प्लान्ट जिल्लामा ल्याइएको हो । यसको उत्पादनले खलंगाको विद्युत् आवश्यकता पूर्ति गर्न सक्छ ।

तर प्रतियुनिट ४ रुपैयाँ महसुल तिर्दै आएका स्थानीयलाई सय रुपैयाँ तिर्नुपर्ने बाध्यता आइलागेको साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुड्थापाले बताए । ‘डिजेल प्लान्ट त आयो तर इन्धन खर्च अत्यधिक भएकाले व्यवस्थापन गर्नै समस्या भएको छ,’ उनले भने ।

सांसद विकास कोषको सहयोगमा उपभोक्ता समितिले किनेको डिजेल प्लान्टमा प्रतिघण्टा ३० लिटर र प्राधिकरणले पठाएको प्लान्टमा प्रतिघण्टा ७० लिटर तेल खपत हुने उनले बताए । ‘दैनिक १५ घण्टामात्रै प्लान्ट चलाउँदा पनि दिनहुँ १ हजार ५ सय लिटर डिजेल आवश्यक पर्छ,’ उनले भने, ‘इन्धनमा मात्रै मासिक ५१ लाख ७५ हजार रुपैयाँ खर्च हुनेछ ।’

विद्युत् गृहको मेसिन मर्मतका लागि एक महिनाअघि जिल्ला बाहिर पठाइएको छ । खलंगावासी अँध्यारोमा बस्नुपरेको भन्दै प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले सांसद विकास कोषबाट ५० लाख रुपैयाँ दिने गरी ऋण झिकेर डिजेल प्लान्ट जुम्ला पुर्‍याएका थिए । ४ सय किलोवाट विद्युत् आवश्यक पर्ने जुम्लामा विद्युत् प्राधिकरणले थप ३ सय किलोवाटको प्लान्ट पठाएको थियो । प्लान्टको महँगो बिजुली जुम्ली जनताले किन्न नसक्ने स्थानीय गोविन्द सुनारले बताए ।

खलंगामा विद्युत् प्राधिकरणका २९ सय ग्राहक छन् । समितिले भदौदेखि महसुल संकलन गर्नेबारे छलफल चलाएको छ । अध्यक्ष बुड्थापाका अनुसार पहिले ग्राहकले न्यूनतम २० युनिटको ८० रुपैयाँ तिर्दै आएका थिए ।

अब डिजेल प्लान्टबाट विद्युत् उत्पादन खर्चमात्र उठाउन पनि सय रुपैयाँ तोक्नुपर्ने अवस्थाआएको उनले बताए । राष्ट्रिय प्रसारण लाइनको बिजुली नपुगेको जुम्लामा विद्युत् प्राधिकरणको कार्यालय छैन । यसले गर्दा पनि ठेकेदारले मर्मतमा ढिलाइ गरेको स्थानीयको गुनासो छ ।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले चालु वर्ष खलंगाको विद्युत् समस्या समाधान गर्न छुट्टै शीर्षकमा बजेट विनियोजन नगरे पनि ऊर्जा शीर्षकबाट व्यवस्थापन गर्नेबारे छलफल भइरहेको बताएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।