३१ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा थप सात हजार ९७४ नयाँ सङ्क्रमित



अ+ अ-

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट थप सात हजार ९७४ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले सोही अवधिमा थप ३४३ जनाको कोरोनाका कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ७६ हजार ४७८ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।   

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितको सङ्ख्या ८७ हजार २४५ रहेको छ । अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कुल सङ्क्रमितको सङ्ख्याको ०.२५ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ । यो सङ्ख्या सन् २०२० को मार्च पछिकै सबैभन्दा कम रहेको अधिकारीले जनाएका छन् ।

गएको २४ घण्टामा भारतमा आठ हजार ९४८ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४१ लाख ५४ हजार ८७९ जनालाई कोरोना सङ्क्रमण निको भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९८.३८ प्रतिशत रहेको जनाइएको छ । यो सङ्ख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको समाचारमा जनाइएको छ ।

भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६६ करोड २ लाख व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ३५ करोड २५ लाख डोज खोप लगाइएको जनाइएको छ । (रासस/एएनआई)