५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनको भरतपुरमा रहेको वाणिज्य बैंकमा आगलागी



अ+ अ-

चितवन । चितवनको भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठी चोकमा रहेको राष्ट्रिय वाणिज्य बैंक भवनमाआगलागी भएको छ । सोमबार बिहान साँढे सात बजेदेखि लागेको आगो डेढ घण्टापछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

आगो दमकल र सुरक्षाकर्मी र स्थानीयको पहलमा नियन्त्रणमा आएको हो । आगलागीबाट दुई तले सो भवनको तल्लो तलाका अधिकांश सामान जलेर नष्ट भएका छन् ।

आगलागीबाट महत्वपूर्ण कागजात, पैसाको लकर र सर्बर सुरक्षित रहेको बैंकले जानकारी दिएको छ ।