२२ असार २०८३, सोमबार
,
Latest
टेरामक्स प्रकरण: पूर्वमन्त्री बस्नेत सहित केहीलाई सफाई ,तीन जनालाई कैद सजाय र जरिवाना सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभिसी भलिबलः तुर्कमेनिस्तानद्वारा अफगानिस्तान पराजित



अ+ अ-

काठमाडौँ । तुर्कमेनिस्तानले अफगानिस्तानलाई पराजित गरी एशियन भलिबल कन्फडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा सुखद शुरुआत गरेको छ । लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालीम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा आज भएको खेलमा तुर्कमेनिस्तानले अफगानिस्तानलाई ३–१ सेटमा पराजित गरेको हो ।

तुर्कमेनिस्तान ३२–३०, २५–१६, २७–२५ र २६–२४ अङ्कले हराएको हो । जितसँगै समूह ‘बी’ मा रहेको तुर्कमेनिस्तानले दुई अङ्क जोडेको छ । नेपालले पहिलोपटक आयोजना गरेको उक्त प्रतियोगितामा सात राष्ट्रको सहभागिता छ । आयोजक नेपालसहित बङ्गलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तान छन् ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा कीर्गिस्तान र माल्दिभ्स छन् । समूह ‘बी’मा तुर्कमेनिस्तान, बङ्गलादेश, उज्वेकिस्तान र अफगानिस्तान छन् । नेपालले अहिले साँझ किर्गिस्तानसँग खेल्ने छ ।




भर्खरै