२२ असार २०८३, सोमबार
,
Latest
टेरामक्स प्रकरण: पूर्वमन्त्री बस्नेत सहित केहीलाई सफाई ,तीन जनालाई कैद सजाय र जरिवाना सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली काँग्रेसलेद्वारा वडाध्यक्ष माथि निष्पक्ष छानविन हुनु पर्ने माग



अ+ अ-

भद्रपुर । गैर नेपाली नागरिकलाई नेपाली नागरिकता वितरण गरेको प्रकरणमा मुछिएका भद्रपुर ९ का वडाध्यक्ष शनिलाल राजवंशीमाथि निष्पक्ष छानविन गरी कार्वाही हुनु पर्ने माग सहितको ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय झापामा नेपाली काँग्रेसले बुझाएको छ । नेपाली काँग्रेस भद्रपुर ९ नम्बर वडा समितिले वडाध्यक्ष राजवंशीले भारतीय नागरिकलाई नेपाली नागरिकता दिन भूमिका खेलेको प्रति निष्पक्ष छाविन गरी कारवाही हुनु पर्ने माग सहित झापाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।

नागरिकता प्रकरणमा नाम जोडिएका वडाध्यक्ष राजवंशी वडा कार्यालयमा एक महिनादेखि अनुपस्थित हुँदा वडाबासीका काममा बाधा समेत भएको काँग्रेसको ठहर छ । दोषाी भए राजवंशीलाई कडा कानुनी कारवाही हुनु पर्यो नभए वडाको जिम्मेवारीमा आएर नागरिकको सेवा गर्नु पर्यो भन्दै ज्ञापनपत्रमा वडाध्यक्ष राजवंशीका बारेमा सत्यतथ्य सार्वजनिक गर्न प्रशासन समक्ष माग समेत गरिएको छ ।

नेपाली काँग्रेसका ९ नम्बर वडा सभापति गोपालप्रसाद श्रेष्ठ तथा पार्टीका तर्फबाट वडाध्यक्षका प्रत्यासी राजेन्द्र रिजालले सम्युक्त हस्ताक्षर गरी ज्ञापनपत्र बुझाएका हुन् । कार्यक्रमा क्षेत्रीय सभापति गणेश पोखरेल, पूर्व जिल्ला सदस्य देवेन्द्र गौतम, क्षेत्रीय सचिव रमेश पोखरेल, नगर उपसभापति ज्ञानबहादुर चौहान लगायतको टोलीले जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएको हो ।

यता केही समय अगाडिदेखि कागजात मिलाएर नेपाली भइसकेका अधिकाम्स व्यक्तिसित नागरिकता खारेज हुन लागेकोले रोक्न तथा वडाध्यक्ष लगायत कर्मचारी बचाउन भन्दै केही व्यक्तिहरूले ५ हजारदेखि १५ हजारसम्म असुल्न थालेको स्थानीयले बताउने गरेका छन् । केही महिना अगाडिदेखि २० वर्ष अगाडिसम्म कागजात मिलाएर नागरिकता लिएका भारतीय मुलका १५० बढी व्यक्तिको नामवाली संकलन गरेर पुरानालाई ५ हजार र नयाँलाई १५ हजार रकम माग गरेर संकलन थालिएको स्थानीयको भनाइ छ ।

पीडितले रकम माग गर्ने व्यक्तिको नाम दिन अश्विकार गरे पनि सत्तासिन दलका स्थानीय नेताको अगुवाइमा केही प्रतिपक्षी दलका नेता समेत रकम असुलीमा सकृय रहेको बताउने गरेका छन् ।




भर्खरै