४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

भित्री मधेस देखिने मयूर पहाडमा देखियो, विज्ञहरू दङ्ग

भित्री मधेस देखिने मयूर पहाडमा देखियो, विज्ञहरू दङ्ग
अ+ अ-
M2E71L207-207R399B417

काठमाडौं । तराई र भित्री मधेसका होचा पहाडी भू–भागमा अभिलेख भएको पन्छी मयूर (मुजुर) पहाडी भेगमा समेत भेटिएको छ। समुद्र सतहको ३ हजार २ सय मिटर उचाइमा पहिलोपटक यो पक्षी फेला परेको दाबी गरिएको छ।

प्यूठानको नौ बहिनी गाउँपालिका–१ (साविकको स्याउलीबाङ गाविस)को कोठीभीरको सो उचाइमा अर्धवयश्क पोथी मयूर भेटिएको हो। फ्रेन्ड्स अफ नेचर (एफओएन नेपाल) नामक गैरसरकारी संस्थाका संरक्षणकर्मी चिरञ्जीवी खनालसहितको टोलीले गत महिना कोठीभीरमा मयूर भेटेपछि सो पक्षीको विचरण क्षेत्र पहाडी भू–भागतर्फ फैलिन थालेको पुष्टि भएको छ।

प्यूठान र आसपासका पहाडी क्षेत्रमा कस्तुरीलगायत अन्य लोपोन्मुख जीवजन्तुको वस्तुस्थिति बुझ्ने क्रममा मुजुर क्यामेरा ट्र्यापिङमा परेको खनालले जानकारी दिनुभयो।

‘यसअघि सो क्षेत्र आसपासका बासिन्दाले त्यहाँ यस्तो पन्छी कहिल्यै नदेखेको प्रतिक्रिया दिँदै उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘तर स्वदेशी–विदेशी पक्षीविद्लाई तस्वीरसहित अन्य वस्तुस्थिति अवगत गराएपछि सो पक्षी मयूर नै भएको पुष्टि भयो।’

प्रायः नदी किनाराका घना वनस्पति र खुला सालको जंगल भएका क्षेत्रमा विचरण गर्ने यो पक्षी यसअघि नेपालमा १ हजार ५ सय मिटर उचाइको हाराहारीमा मात्र अभिलेख भएको बताइएको छ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन)ले यो पक्षी २ हजार मिटर हाराहारीको उचाइमा मात्रै भेटिने उल्लेख गरेको छ। कोठीभीरमा कालिजका पाँच प्रजाति फेला परेको खनालले बताउनुभयो। मयूर भारतको राष्ट्रिय पक्षी हो। यो नेपालमा भने संरक्षित सूचीको पहिलो प्राथमिकतामा छैन।

मयूर कालिज प्रजातिको पक्षी हो। नेपालमा चिलिमे, मुनाल, फोक्रास, डाँफे, लुइचे, कालिज, चीर र मुजुरसहित ८ प्रजातिका कालिज अभिलेख भएका छन्। यीमध्ये डाँफे, मुनाल, चीरलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ ले संरक्षित सूचीमा सूचीकृत गरेको छ।

प्रदेश ५ को उद्योग वन तथा वातावरण मन्त्रालय र डिभिजन वन कार्यालय प्यूठानको आर्थिक सहयोग र एफओएन नेपालको प्राविधिक सहयोगमा यस्तो अध्ययन÷अवलोकन भएको हो। जीवजन्तु पहिचानका लागि राखिएको एउटै क्यामेरामा मुजुरसहित डाँफे र चीरको तस्वीर पनि रेकर्ड भएको छ।

टोलीले सो भेगमा चितुवा, चरीबाघ, नीर बिरालो, रातो फ्याउरो, घोरल, रतुवाजस्ता जन्तुको तस्वीर कैद गरेको छ भने रेडपान्डा र कस्तुरीको पाइला र दिशा फेला पारेकाले ती जन्तु समेत सो क्षेत्रमा रहेको आधार भेटेको छ।

यसअघि मयुर यति धेरै उचाइमा नभेटिएको पक्षीविद् डा। हेमसागर बरालले बताउनुभयो। तर अब बलियो प्रमाण भेटिएको बताउँदै उहाँले भन्नुभयो– ‘यसले संरक्षणकर्मीलाई हौसला प्रदान गरेको छ, नेपालका पक्षीबारे अझै विस्तृत अध्ययन/अनुसन्धान हुनसकेको छैन भन्ने पुष्टी भएको छ।’, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।