१३ भाद्र २०८३, शनिबार
,
Latest
राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्लाको आदेश उच्च अदालतबाट सदर



अ+ अ-

काठमाडौं । ललितपुरको गोदामचौरमा भएको सामुहिक बलात्कारपछि हत्या प्रयास सम्बन्धी घटनामा उच्च अदालत पाटनले जिल्ला अदालतकै फैसलालाई सदर गरेको छ । जिल्ला अदालतले सो घटनाका तीन जना अभियुक्तलाई दश वर्ष जेल सजाय सुनाएको थियो ।

सोमबार पाटन उच्च अदालतका न्यायाधीशहरु रमेशबहादुर थापा र यज्ञराज भट्टको इजलासले जिल्ला अदालतकै फैसलालाई सदर गरेको हो । जिल्ला अदालतले अभियुक्तहरू रघु सिलवाल, पवन कुवँर र विशालध्वज कार्कीलाई सामूहिक बलात्कारमा १० वर्ष, ज्यान मार्ने उद्योगमा १० वर्ष र चोरीमा ६० दिन जेल सजाय सुनाएको थियो । त्यसविरुद्ध उनीहरुले पाटन उच्च अदालतमा पुनरावेदन गरे पनि उच्च अदालतले जिल्लाकै आदेशलाई सदर गरेको हो । सबैभन्दा बढी सजाय मात्रै हुने भएकाले अभियुक्तहरू १० वर्ष मात्रै जेल बसे पुग्ने कानुनी व्यवस्था छ ।

ललितपुरको एक प्लास्टिक कम्पनीमा काम गर्ने ‘गोदामचौर क’ माथि २०७४ मंसिर २ गते साँझ सामूहिक बलात्कार भएको थियो । घटनाको भोलिपल्ट उनलाई घर नजिकैको खोला किनारमा रहेको तोरीबारीमा अर्धनग्न र बेहोस अवस्थामा प्रहरीले भेटेको थियो । घटनाको अनुसन्धानमा संलग्न प्रहरीका अनुसार युवतीको टाउकोमा ठूलो चोट देखिन्थ्यो । शरीरको तल्लो भागमा कपडा थिएन । दायाँ हात धेरै ठाउँमा भाँचिएको थियो । तिघ्रा, स्तनलगायतका स्थानमा नीलडाम देखिन्थ्यो । एउटा कानको लोती चुँडिएसरह थियो ।

घटनास्थलको मुचुल्का तत्काल बनाएर घाइते युवतीलाई पाटन अस्पताल लगिएको थियो । तर, टाउकोमा गम्भीर चोटसहित स्नायु प्रणालीमा आघात परेको देखिएकाले उनलाई तत्काल शिक्षण अस्पताल ‘रिफर’ गरिएको थियो । ऊनलाई ७ दिनसम्म आईसीयूमा राखिएको थियो । दाहिने हात टुक्राटुत्रा रूपमा भाँचिएको अवस्थामा भेटिएकी उनको स्टिल–सपोर्टमा हात जोडिएको थियो भने टाउकामा ३० भन्दा बढी टाँका लगाइएको थियो । घटनाबारे राष्ट्रिय मानव अधिकार आयोग र महिला अधिकार आयोगले पनि अनुसन्धान गरेका थिए ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।




भर्खरै