४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

पूर्वराजा र विप्लवलाई गाली पञ्चायतकालीन ‘अराष्ट्रिय तत्व’ जस्तै

पूर्वराजा र विप्लवलाई गाली पञ्चायतकालीन ‘अराष्ट्रिय तत्व’ जस्तै
अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र विद्रोही नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहलाई सरकार र यसका पक्षपातीले गर्ने आलोचना पञ्चायतकालीन शासकले ‘अराष्ट्रिय तत्व’ भनेर बच्ने प्रयास गरेजस्तै भएको राजनीतिक विश्लेषकहरूको धारणा छ।

राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनाल भन्नुहुन्छ– ‘राजनीतिमा हाउगुजी देखाएर अरूलाई तह लगाउने विधि नयाँ होइन, चाणक्य÷कौटिल्य कालमा पनि यस्तै गरिन्थ्यो, आज केपी ओली सरकारले पनि त्यसलाई निरन्तरता दिइरहेको छ।

तर, आजका जनता नेताभन्दा पनि सचेत भएकाले भ्रममा पर्दैैनन्, राजनीतिमा जब जनअपेक्षाअनुसार काम गर्न सकिन्न, तब काल्पनिक खलनायक खडा गरिन्छ।’

कीर्तिपुर मैत्री समाजका अध्यक्ष डा. नेत्र पौडेलको टिप्पणी पनि यस्तै छ, सरकारले जनताको भावना जित्न सकेको भए कसैलाई खलनायक बनाउनुपर्ने थिएन, आम नागरिक भगवान्ले साथ दिएन, काम बिग्रियो भन्छन्, हाम्रा नेताहरू चाहिँ ज्ञानेन्द्र, विप्लव आदिलाई देखाएर पानीमाथिको ओभानो हुन खोज्छन्।

‘हड्डी फुकेर राजसंस्था फर्कंदैन’ र ‘चलखेल गर्ने भए नागार्जुनबाट निस्क’ भनेर क्रमशः प्रधानमन्त्री केपी शर्मा ओली र सत्ताधारी पार्टी नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिप्पणी गरेपछि यस प्रकारको प्रतिक्रिया आवश्यक थिएन भन्ने भनाइ चारैतिरबाट उठेको छ। ‘मृतक घोषित राजतन्त्रलाई ललकार्नु आफ्नै कमजोरी सावित गर्नु हो, यो आवश्यक थिएन।’ –राजनीतिक विश्लेषकहरूको भनाइ छ।

प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजसंस्थाको वकालत गर्नेहरूको सडकमा चलखेल बढेको टिप्पणी गर्नुभयो। ‘ज्यूँदै फालेको राजसंस्था उल्टाउने सपना कसैले नदेखे हुन्छ।’ –उहाँले चेतावनी दिनुभयो। उहाँले चिहानमा गएर हड्डी फुकेर राजतन्त्र फर्काउँछु भन्नेहरूले बेमौसमी बाजा नबजाए हुन्छ भन्नुभयो।

प्रधानमन्त्री ओलीले संसद्लाई सम्बोधन गर्नुभन्दा ठीक एक साताअघि नेकपाका अर्का अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुनबाट निस्कन चेतावनी दिनुभयो। रामेछापमा पुगेर प्रचण्डले भन्नुभयो– ‘संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएका हौं, बकबक गरिरहे जनताले नागार्जुनबाट निकाल्नेछन्।’

अहिले सरकार पक्षले दुई ध्रुवका भिन्न शक्तिलाई खलनायक खडा गरेको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा यस्तै अर्को हाउगुजी हो। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गत महिना संसद्लाई सम्बोधन गर्दै यस पार्टीसँग चार कम्पनी सेना रहेको खुलासा गरिदिनुभयो।

यसअघि विप्लव समूहलाई निकै सानो राजनीतिक शक्तिका रूपमा चिन्ने आम नागरिकले गृहमन्त्री बादलकै कारण ‘ठूलै शक्ति’का रूपमा हेर्न थाले। प्रतिबन्धित विद्रोही शक्तिलाई यस प्रकारको प्रचार दिनुहुने थिएन भनेर पनि बादलको आलोचना भयो।

यसकै आडमा तत्कालीन माओवादीका पूर्वलडाकूहरूमध्ये समायोजनमा नआएका र सामान्य जीवनमा नफर्केको ठूलो जमात तथा अन्मिनलाई नबुझाइएको करिब ३ हजार परिमाणका बन्दुक विप्लवसँग रहेको अनुमान गर्दै शक्तिशाली समूहका रूपमा यसको चित्रण गर्नेहरूले अवसर पाए।

‘सत्ताधारीहरू कमजोरी लुकाउन कहिले राष्ट्रियता खतरामा छ भन्छन्, भारतमा ६०–७० को दशकमा फरेन र्यान्ड भनिन्थ्यो’, प्रा. खनालले भन्नुभयो– ‘हामीकहाँ योजनाबद्ध रुपमा सबै कुरा बुझेर खलनायक खडा गर्ने काम भएको छ भन्ने चाहिँ मलाई लाग्दैन, संसदका पक्ष–प्रतिपक्ष दुवैले आफ्नो भूमिका ठीक किसिमले निर्वाह गर्न सकिरहेका छैनन्।’

उहाँले सरकारका तर्फबाट गृहमन्त्रीले विप्लवले चार कम्पनी खडा गरेको विवरण दिइरहँदा प्रतिपक्षले त्यसो भए तिमी के हेरेर बस्यौ, राजीनामा देऊ भन्नुपर्ने होइन भनेर प्रश्न गर्नुभयो।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।