४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

घरेलु फोहोरमैला व्यवस्थापनमा अरु भर नपरौं

घरेलु फोहोरमैला व्यवस्थापनमा अरु भर नपरौं
अ+ अ-

ललितपुर । घरेलु फोहोरमैला व्यवस्थापनमा ब्यक्ति स्वयं नै लाग्नु पर्ने सरोकारवालाले जोड दिएका छन् । सरकार वा अन्य निकायको भरमा परेर आफ्नो घरको फोहोर ब्यवस्थापनमा अरुको मुख ताक्न नहुने उनीहरुको निष्कर्ष छ । घरेलु फोहोरमैला ब्यवस्थापन , संकलनमा वर्तमान अभ्यास तथा नीतिका बारेमा ललितपुरमा भएको छलफल कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

फोहोरमैला ब्यवस्थापनमा खटीएका संघसंस्था , नगरपालिकाका वातावरण इन्जिनियर , निजीसेवा प्रदायक , डोकोरिसाइकल्स , ब्लु वेष्ट, फोहोरमैला ब्यवस्थापन विज्ञ , यसमा अध्ययन अनुसन्धान गर्ने विद्यार्थी लगायतका ब्यक्तित्वको सहभागीता रहेको थियो ।

फोहोर मैला ब्यवस्थापनका सवालमा सार्वजनिक निजी साझेदारीमा कसरी काम गर्ने ,निजी क्षेत्रलाइ कसरी समेट्ने लगायतका विषयमा पनि उपस्थित सरोकारवाला निकायका ब्यक्तिहरुले ध्यानाकर्षण गराएका थिए ।

घरबाट निस्कने कुहिने तथा नहुहिने तथा विद्युतिय फोहोर व्यवस्थापनका लागि ठोस रणनीति निर्माण गर्न तथा कार्यान्वयनका आधारशिला तयार गर्न सरोकारवालावीच छलफल गरीएको पूर्व वातावरण तथा विज्ञान प्रविधि मन्त्री गणेश शाहले जानकारी दिए ।

छलफलबाट आएको निष्कर्षलाई नीती निर्माण तहमा पुर्याउँदै ब्यवहारिक ढंगले अगाडी लैजाने अभ्यास गरीने छलफल कार्यक्रमका संयोजक डा नवराज खतिवडाले जानकारी दिए ।

उनका अनुसार फोहोरमैला व्यवस्थापन राजनीतिक तथा सामाजिक मुद्दा भन्दापनि वैज्ञानिक तथा प्राविधिक विषय रहेकाले यसको सोही अनुरुप समाधान खोज्नु आवश्यक देखिएको छलफलमा सहभागी वक्ताहरुले बताएका छन् ।

फोहोरमैला ब्यवस्थापन विज्ञ एवं हिमालयन ह्वाइट हाउस इनटरनेसनल कलेजकी डिपार्टमेन्ट प्रमुख डा। अल्का सापकोटाले घरेलु फोहरमैला व्यबस्थापनमा व्यक्ति स्वयंम जागरुक नभएसम्म फोहोरमैलाको ब्यवस्थापन गर्न कठिन हुने बताइन् ।

उनले फोहोरमैला ब्यवस्थापनमा नगरपालिका लगायतका निकायको मात्र मुख ताक्ने प्रवृत्ति त्याग्न अनुरोध गरिन् ।

नगरपालिकाले आएर फोहोर उठाउँछ भनेर हामी फोहोर उत्पादन गरिरहने होइन, उनले भनिन् , दीर्घकालिन रुपले फोहोर कम उत्पादन कसरी गर्ने भन्नेतर्फ सोच्नुपर्छ । कुहिने र नकुहिने फोहोर छुटयाएर त्यही अनुसार ब्यवस्थापनमा लाग्नुपर्नेतर्फ उनको जोड छ ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।