४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

गौराका लागि फर्किन थाले सुदूरपश्चिमेली

गौराका लागि फर्किन थाले सुदूरपश्चिमेली
अ+ अ-

बैतडी । सुदूरपश्चिमको मौलिक र ठूलो पर्व गौरा नजिकिएसँगै मुग्लान पसेकाहरू घर फर्किन थालेका छन्। भाद्र पञ्चमीदेखि सुरु हुने गौराका लागि अहिले झुलाघाट नाका भएर फर्किनेको लर्को लागेको छ।

‘रोजगारीका लागि भारतका विभिन्न सहर गएकाहरू गौराका लागि घर फर्कन थालेका छन्। दैनिक डेढ सयभन्दा बढी नेपाली झुलाघाटबाट स्वदेश भित्रीइरहेका छन्,’ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं इन्स्पेक्टर दीपक पातलीले भने। रोजगारीका लागि भारत पसेका सुदूरपश्चिमका पहाडी जिल्लाका नेपाली गौराका लागि घर फर्कन्छन्। यस्तै सीमावर्ती भारतीय बजार झुलाघाट, पिथौरागढमा मजदुरी गर्ने नेपाली पनि गौराका लागि घर फर्कन थालेका छन्।

गौराका लागि घर फर्केको पाटन नगरपालिका(४ राहुल बिष्टले बताए। उनले भने, ‘हामीले दसैंभन्दा बढी गौरा मान्ने गरेका छौं। यो चाडमा घरका सबै मानिस एक ठाउँमा जम्मा हुनु यो पर्वको विशेषता पनि हो। त्यसैले भारतमा रोजगारी गरेर घर फर्केको हुँ।’ सुदूरपश्चिममा दसैंभन्दा पनि गौरा बढी महत्वका साथ मनाइन्छ। धेरैजसो बैतडी, दार्चुला, डडेल्धुरा, कैलाली र कञ्चनपुरमा यो पर्व धुमधामसँग मनाइन्छ। दशरथचन्द नगरपालिकाका केशवबहादुर चन्द पनि भारतको मुम्बईबाट गौरा मनाउन घर फर्केका छन्। झुलाघाट नाकामा भेटिएका उनले भने, ‘गत वर्ष गौरापछि रोजगारीका लागि भारत गएको हुँ। गौरा मनाउन घर फर्केको छु।’

गौरामा घरपरिवार एकै ठाउँमा जम्मा भएर मनाउने प्रचलन भएकाले गौरा मनाउन घर फर्केको सुर्नया(४ का सुरेन्द्र महराले बताए। उनले भने, ‘गौरा हाम्रो मुख्य चाडपर्व हो। गौरामा घर नपुग्दा खल्लो हुन्छ। त्यसैले फर्केको हुँ।’

सुदूरपश्चिममा गौरा अष्टमीका दिन आमाले बिरुडाले छोराछोरीको टाउको पूजा गरी आशीष दिने भएकाले पनि मुग्लान गएकाहरू गौरामा फर्किने गर्छन्। गौरामा नयाँ लुगा लगाउने, परिवारका सबै सदस्य एकै ठाउँमा बसेर मिठोमसिनो खाने चलन रहेकाले रोजगारीका लागि भारत पसेकाहरू घर फर्कन्छन्। पहाडबाट तराई झरेका पनि गौरा मनाउन पहाड उक्लिने गरेका छन्।

गौरा पर्व विशेष रूपमा मनाइने भएकाले तराईबाट पहाड आउने भीड बढेको छ। ‘गौरालाई सामाजिक सद्भावको पर्व समेत मानिन्छ। आपसमा बसेर सुखदुःख साटासाट गर्ने माध्यम पनि हो गौरा,’ दशरथचन्द नगरपालिका(१ का पुष्करराज भट्टले भने, ‘गौरा एक सांस्कृतिक पर्व पनि हो। यसमा इतिहासका कुरा पनि समेटिन्छन्।’

गाउँघरसम्म चहलपहल

गौरा नजिक आएसँगै अहिले बैतडीका ग्रामीण क्षेत्रदेखि बजारमा समेत चहलपहल बढेको छ। बजारमा गौराका लागि नयाँ लुगा र सामान किन्नेको घुइँचो लागेको छ भने गाउँमा गौरा मनाउन मुग्लानबाट फर्केकाको।

बैतडी सदरमुकामदेखि देहीमाडौं, मुस्याचौर, पाटन, खोड्पे, मेलौली, हाट रगोकुलेश्वरलगायत ठाउँमा किनमेल गर्नेको घुइँचो लागेको स्थानीय व्यापारीले बताएका छन्। गौराका लागि सामाग्री किन्नेको बजारमा भीड लागेको मुस्याचौरका व्यापारी भीमराज भट्टले बताए। उनले भने, ‘व्यापार हुने सिजन भनेकै गौराको समय हो।’

सीमावर्ती भारतीय बजार झुलाघाटमा पनि नेपाली ग्राहकको घुइँचो लागेको छ। भारतमा रोजगारी गरेर फर्कनेले सीमापारीको बजारमा किनमेल गर्ने र सस्तो पाइने भएकाले नेपाली गाउँका मानिस पनि झुलाघाट नै जाने गरेका छन्।

तिहारपछि युवाविहीन हुने गाउँहरूमा अचेल चहलपहल बढेको छ। रोजगारीका लागि भारत पसेका युवा गौराका लागि घर फर्केपछि गाउँमा चहलपहल बढेको हो। गौरा नजिकएसँगै गाउँमा चहलपहल बढेको शिक्षक लवदेव अवस्थीले बताए। उनले भने, ‘रोजगारीका लागि भारत पसेका युवा फर्केपछि गाउँमा निकै चहलपहल भएको छ।’, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।