४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

डेंगुबाट एकको ज्यान गयो, तीन हजार १६० जनामा संक्रमण

डेंगुबाट एकको ज्यान गयो, तीन हजार १६० जनामा संक्रमण
अ+ अ-

विराटनगर । महामारीको रूपमा फैलिएको डेंगुबाट एक जनाको ज्यान गएको छ। प्रदेश १ मा डेंगुका कारण एकजनाको ज्यान गएको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए ।

तीन महिनाअघि सुनसरीबाट सुरु भएको डेंगुको संक्रमण प्रदेशभर फैलिएको छ। प्रदेश १ मा मात्रै हालसम्म तीन हजार एक सय ६० जनामा संक्रमित छन्। डेंगुको संक्रमण साविक मेची र कोशी अञ्चलका पहाडी जिल्लातर्फ पनि उक्लिएको छ। भित्री मधेसअन्तर्गतको जिल्ला उदयपुर, पहाडको पाँचथर र भोजपुरसम्म संक्रमण फैलिएको छ। रोग नियन्त्रणका लागि अभियान चलाए पनि संक्रमितको संख्या झन् बढिरहेका छ।

सबैभन्दा बढी सुनसरी संक्रमित छन्। सुनसरीमा ३ हजार २५ जनामा डेंगुको संक्रमण देखिएको छ। सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार मोरङ ८१ र झापामा २९ जनामा संक्रमण देखिएको छ। पहाडी जिल्ला भोजपुरमा ५, पाँचथरमा २ र संखुवासभा एकजनामा डेंगुको संक्रमण देखिएको छ। त्यस्तै इलाम २, ताप्लेजुङमा २ जना र धनकुटामा ५ जना मानिसमा रोगको संक्रमण देखिएको छ। भित्री मधेसको उदयपुरमा १९ जनामा व्यक्ति उपचाररत छन्।

पहाडी जिल्लामा समेत संक्रमण फैलँदा नियन्त्रणमा चुनौति र जटिलता थपिएको मन्त्री घिमिरेले बताए। मोरङका स्वास्थ्य संस्थामा दैनिक २ जनाको दरले परीक्षणका लागि आउने गरेको जनस्वास्थ्य प्रमुख ज्ञानबहादुर बस्नेतले बताए। ‘डेंगुले मोरङमा प्रकोपकै रूप नलिएको भएपनि नियन्त्रणमा आएको छैन। अस्पतालमा दैनिक १÷२ जना बिरामी आइरहेका छन्’, उनले भने।

डेंगु नियन्त्रणमा नआएपछि दैनिक जसो प्रदेश १ को प्रदेशसभा बैठकमा सांसदहरूले निःशुल्क उपचारको माग गरेका छन् । सांसद अम्बिका थापाले प्रदेश सरकारले डेंगुको उपचार सरकारी अस्पतालमा निःशुल्क गर्ने घोषणा गरे पनि व्यवहारमा कार्यान्वयन नभएको बताइन्।

डेंगु पत्ता लगाउन जाँच गर्ने क्रममा निजी र सरकारी अस्पतालमा चर्को शुल्क असुल्ने गरिएको सांसद थापाले जानकारी दिइन्।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।