४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कलिलैमा बिहेले कानुनी झमेला

कलिलैमा बिहेले कानुनी झमेला
अ+ अ-

विराटनगर । ९ महिनाअघि मोरङको रंगेली नगरपालिकाका १७ वर्षीया एक किशोरी र १९ वर्षीय एक किशोर गाउँबाट हराए । गाउँमा खैलाबैला मच्चियो । किशोरीका आमाबुबाले इलाका प्रहरी कार्यालयमा छोरी हराएको भन्दै निवेदन दिए । प्रहरीले दुवैलाई एकै स्थानबाट फेला पार्‍यो ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरू सँगै भागेका थिए । कानुनतः २० वर्ष नपुगी विवाह गर्न नमिल्ने भएकाले प्रहरीले दुवैलाई आ–आफ्नो अभिभावकको जिम्मा लगायो । तर केही दिनपछि किशोरीका आमाबुबाले किशोरविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गराए । किशोर पक्राउ परे । अदालतबाट धरौटीमा छुटेपछि दुवै किशोरकिशोरी भागेर भारत गए ।

विराटनगर महानगरपालिकाका १८ वर्षीया किशोरी र २१ वर्षीय युवा एक महिनाअघि हराए । परिवारले जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गरायो । प्रहरीले खोजतलास गर्दा उनीहरू सँगै बसेको फेला पर्‍यो । किशोरीको उमेर २० वर्ष पूरा नपुगेकाले उनीहरूलाई पनि छुटाएर प्रहरीले आफ्नो अभिभावकको जिम्मा लगायो ।

केटी पक्षका आफन्तले ती युवाविरुद्ध जबर्जस्ती करणीको मुद्दा चलाउन प्रहरीलाई दबाब दिए । ‘तर किशोरीले जाहेरी दिन नमानेपछि हामीले मुद्दा दर्ता गरेनौं,’ प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले भने, ‘केटीको उमेर १८ वर्षभन्दा कम भएको भए कानुनतः नाबालिग हुने हुँदा अभिभावकको जाहेरीका आधारमा जबर्जस्ती करणीको मुद्दा लाग्ने थियो ।’ प्रहरीले अहिले दुवै जनालाई ‘काउन्सिलिङ’ मा राखेको छ ।

मोरङकै १९ वर्षकी पहाडे मूलकी किशोरी र २२ वर्षका ऋषिदेव समुदायका युवाले गत चैतमा भागेर विवाह गरे । तस्बिर सामाजिक सञ्जालमा पोस्टसमेत गरे । अभिभावकले उजुरी गरेपछि प्रहरीले उनीहरूलाई फेला पारेर अभिभावकको जिम्मा लगायो । लगत्तै किशोरीले जबर्जस्ती करणीको निवेदन दिइन् । ती युवा जेलमा छन् ।

मोरङ प्रहरीका डीएसपी श्रेष्ठ राजीखुसी बिहे गरेर भाग्ने र पछि अभिभावकको दबाबमा जबर्जस्ती करणीको जाहेरी दिने घटनाले केही वर्षयता प्रहरीलाई हैरान बनाएको बताउँछन् । ‘महिला तथा नाबालिग किशोरीसँग सम्बन्धित मुद्दामा जाहेरी नलिँदा पनि समस्या हुन्छ,’ उनले भने, ‘केटाकेटीले राजीखुसी बिहे गरेको थाहा पाए पनि कानुनले त्यसलाई मान्यता दिँदैन । त्यसैले समस्या हुन्छ ।’

जिल्ला प्रहरी कार्यालयकी महिला तथा बालबालिका सेल प्रमुख जमुना बस्नेतले हराएको भनी निवेदन परेपछि खोजी गर्दा भागेर विवाह गरेको अवस्थामा भेटिएकाहरूको संख्या उल्लेख्य रहेको बताइन् । ‘कानुनले २० वर्षभन्दा कम उमेरको विवाहलाई मान्यता नदिने हुँदा सँगै फेला परेका उनीहरूलाई हामी अभिभावकको जिम्मा लगाउँछौं,’ उनले भनिन् ।

उनका अनुसार कतिपय अभिभावकले छोरी फेला परेपछि जबर्जस्ती करणीको मुद्दा चलाउने गरेका छन् । ‘केटी पक्षले जबर्जस्ती करणीको मुद्दा दर्ता गराएपछि राजीखुसीले केटासँग भागेको हामीलाई थाहा भए पनि कारबाही प्रक्रिया अगाडि बढाउनुपर्छ,’ उनले भनिन् ।

बस्नेतका अनुसार आर्थिक वर्ष २०७४/७५ मा ८ सय १ जना र २०७५/७६ मा ९ सय ४७ जना मानिस हराएको निवेदन दर्ता भएको थियो । आर्थिक वर्ष २०७४/७५ मा जबर्जस्ती करणीमा ८० वटा मुद्दा दर्ता भएका थिए । त्यसमध्ये ३० वटा महिलाको र ४७ वटा २० वर्षमुनिका बालिकाको छ । २०७५/७६ मा दर्ता भएका १ सय ८ वटा मुद्दामध्ये महिलाको ३७ वटा र २० वर्षभन्दा कम उमेरका बालिकाको ७२ वटा छन् ।

‘जबर्जस्ती करणीका मुद्दामध्ये २५ प्रतिशत जति उमेर नपुग्दै भागेर बिहे गरेपछिका हुन्छन्,’ डीएसपी श्रेष्ठले बताए, ‘यस्तो घटनाले धेरै युवाको भविष्य डामाडोल बनाएको छ ।’ विद्यालय शिक्षादेखि नै खुला बहस हुन सके यौनप्रति जिज्ञासा मेटिने र कम उमेरमा किशोरकिशोरीले भागेर विवाह गर्ने घटना कम हुँदै जाने उनको भनाइ छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।