४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नेताका पीएमा आफन्तै प्यारो

नेताका पीएमा आफन्तै प्यारो
अ+ अ-

गण्डकी । गण्डकीमा प्रदेशसभाका सांसदहरूले स्वकीय सचिव (पीए) राख्न पाउने सुविधामा आफन्त र आफ्नै परिवारका सदस्यलाई रोजेका छन् । नेकपाका धनञ्जय दवाडीले श्रीमती सर्वदा पौडेल दवाडी, नेकपाकै आशा कोइरालाले छोरी अस्मिता खनाल र कांग्रेसका सांसद डोबाटे विश्वकर्माले छोरा होमबहादुरलाई स्वकीय सचिव नियुक्त गरेका छन् ।

सांसदहरूले पोहोर पीए राख्न पाउनुपर्ने माग गरे पनि खर्च थपिने भन्दै प्रदेश सरकारले सुविधा दिन आनाकानी गरेको थियो । चालु वर्ष प्रदेश सरकारले बाटो खोलिदिएपछि उनीहरूले नासुस्तरका स्वकीय सचिव राखेका हुन् ।

६० सदस्यीय गण्डकीको प्रदेशसभामा हाल ५९ जना छन् । यिनमा ३९ जनाले गत साउनदेखि तलबभत्ता पाउनेगरी पीए राखेका हुन् । अरू १३ जना राख्ने प्रक्रियामा छन् । प्रदेशका ७ मन्त्रीले सरकार गठनलगत्तैदेखि पीए राख्न पाउने सुविधा लिइसकेका छन् । बागलुङ–२ ‘ख’ का टेकबहादुर घर्तीको गत मंसिर तेस्रो साता निधन भएको थियो ।

प्रदेश सरकारले गत वर्ष आर्थिक मितव्ययिता अपनाउने भन्दै सांसद विकास कोष र पीएको सुविधा प्रदेश सांसदलाई दिएको थिएन । सदस्यहरूको सेवासुविधासम्बन्धी विधेयकको अनुसूचीमा एउटा खाली कोलम राखेर प्रदेशसभाले पारित गरेको थियो ।

अनुसूचीमा हेरफेर गर्न पाउने अधिकार उपयोग गर्दै मन्त्रिपरिषद्को गत असार २५ को निर्णयले उक्त ऐनको अनुसूचीमा खाली रहेको कोलममा सांसदले पनि पीए राख्न पाउने सुविधा थपिएको हो । यसलाई प्रदेशसभाबाट पुनः पारित गराउनु नपर्ने भएपछि सांसदले आफूले चाहेका व्यक्तिलाई पीएराख्न सुरु गरेका हुन् ।

सूचनाको हक प्रयोग गर्दै संवाददाताले निवेदन दिएपछि प्रदेशसभा सचिवालयले उपलब्ध गराएको जानकारीअनुसार अधिकांश सांसदले छोराछोरी, श्रीमान्श्रीमती र भतिजाभतिजीलाई नियुक्ति गरेको पाइएको छ । मित्रकुमारी गुरुङ सुवेदीले छोरी भावना सुवेदी, लक्ष्मी सुनारले छोरा सुक्रिव, विष्णुप्रसाद लामिछानेले भतिजा गोविन्दराज लामिछाने, जुनादेवी नेपालीले मौसमी (नजिकको छोरी पर्ने), हरिशरण आचार्यले भाइ रविन, दीपक थापाले छोरा सागर, चन्द्रबहादुर बुढाले छोरी एलिसा बुढामगर, दिलमाया रोकामगरले श्रीमान् कर्णबहादुर गौतम, मोहनप्रसाद रेग्मीले भतिज सञ्जीव रेग्मी, ललितकला गुरुङले भतिज डेनिस गुरुङलाई पीएमा नियुक्त गरेका छन् ।

श्रीमतीलाई नियुक्त गरेका सांसद दवाडीले पीए सबैभन्दा नजिकको मान्छेलाई नै नियुक्त गर्नुपर्ने बताए । ‘सबैभन्दा विश्वासिलो मान्छे नै श्रीमती हो,’ उनले भने, ‘खोज्दा पनि श्रीमतीभन्दा विश्वासिलो मान्छे अरू कोही भेटिन्न । आफ्नो दुःखसुख बुझ्ने भएकाले राखेको हुँ ।’ भाइलाई नियुक्त गरेका हरिशरण आचार्यले आफन्त जस्तो विश्वासिलो मान्छे अरू कोही नभेटिने प्रतिक्रिया दिए । ‘विगतका धेरै सांसदसँग पीएको विषयमा छलफल गरें । बुझें,’ उनले भने, ‘नजिकबाट विश्वास लिन सक्नेगरी राख्नुपर्छ भन्ने पाएँ । त्यसैले भाइलाई नै पीएमा राखेको छु ।’

यसैगरी छोरी राखेकी आशा कोइरालाले घरपरिवार, पार्टीबाटै पीए राख्नुपर्ने बताइन् । ‘स्वकीय सचिव राख्नु भनेको व्यक्तिगत समस्या हलका लागि हो,’ उनले भनिन्, ‘पीए भनेपछि व्यक्तिगत काममा पनि सहयोग गर्ने चाहिन्छ । विश्वासिलो पात्र भनेको पारिवारिक सदस्य नै हो ।’ जागिर दिने हिसाबले मात्र बाहिरी कार्यकर्ता नियुक्ति गर्न सकिने उनको तर्क छ । उनी भन्छिन्, ‘घरका सदस्य पीए राखे भन्दा पनि कस्ता सदस्य राखे रु ती सदस्यको पार्टी, देशका लागि जिम्मेवारी छ वा छैन । क्रियाशील छन् कि छैनन् ।

शुद्ध सदस्य मात्र हुन् त ? यो पनि बुझ्न जरुरी छ ।’ द्वन्द्वकालमा आफूसँगै जेल बसेकाले छोरीलाई पीएमा नियुक्ति गरेको उनले बताइन् । प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र न्यौपानेका अनुसार साउन मसान्तसम्म पीए नियुक्त गर्न सांसदका लागि सूचना जारी गरिएको थियो । प्रदेशसभा सदस्यले परिवारका सदस्य र आफन्तलाई स्वकीय सचिव राखेकामा उनीहरूका पार्टीका कार्यकर्तामाझ निराशा छ ।

निर्वाचनको बेलामा मात्र आफूहरूलाई परिचालन गर्ने र सेवासुविधा लिने विषयमा घरपरिवारको सदस्य नै रोज्ने भन्दै उनीहरूले पार्टीका भेला र भेटघाटमा असन्तुष्टि जनाएका छन् । ‘गरिब, इमानदार, द्वन्द्वमा घाइते, दुःख पाएका कार्यकर्ता हुँदाहुँदै आफ्नै परिवारका सदस्यलाई प्राथमिकता दिइनु दुःखद हो,’ स्याङ्जाका विक्रम काफ्ले भन्छन्, ‘अघिपछि पार्टी कार्यकर्ता चाहिने, सेवासुविधा लिने बेलाचाहिँ छोराछोरी १ के अब कार्यकर्ता चाहिँदैनन् ?’, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।