४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

समायोजनले रित्तिए सुदुरका अस्पताल

समायोजनले रित्तिए सुदुरका अस्पताल
अ+ अ-

धनगढी । कर्मचारी समायोजनले चिकित्सकविहीन सुदूरपश्चिमका अस्पतालको अवस्था दयनीय बनेको छ। अस्पतालमा चिकित्सक नहुँदा सर्वसाधारणले सामान्य रोगको उपचार पनि नपाउने अवस्था बन्दै गएको छ। प्रदेशकै रेफरल अस्पतालका रुपमा रहेको सेती अञ्चल अस्पतालले पनि चिकित्सक अभावकै कारण सहज सेवा दिन सकेको छैन।

सुदूरपश्चिमका सात पहाडी जिल्लामा त सामान्य बिरामीले समेत उपचार पाउन नसक्दा महिनौंदेखि रोग पालेर बस्नुपर्ने अवस्था छ। गम्भीर प्रकृतिका रोगमा उपचार नपाएर अकालमै ज्यान गुमाउनु यस क्षेत्रका पहाडी जिल्लाका बिरामीको नियतिजस्तै बनेको छ। प्रदेशमै अत्याधुनिक सेवासहितको अस्पताल आवश्यक भइरहेका बेला कर्मचारी समायोजनका कारण यहाँका अस्पतालमा कार्यरत चिकित्सक समेत बाहिर गएपछि बिरामीले सामान्य उपचार पनि पाउन नसक्ने अवस्था आएको छ।

‘विपन्न जनता उपचारका लागि जाने भनेकै सरकारी अस्पताल हुन्,’ कैलालीको मसुरियाबाट उपचारका लागि सेती अञ्चल अस्पताल आएका लहानु चौधरीले भने, ‘यहाँ भएका चिकित्सक पनि समायोजनको निहुँमा अन्यत्र पठाइएपछि अब उपचार नै नपाइने भयो।’ चिकित्सक थप्नुपर्नेमा भएकालाई पनि समायोजनका नाममा बाहिर पठाइएपछि विपन्नले रोग पालेर बस्नुपर्ने अवस्था आएको बताउँदै उनले भने, ‘अब त आफ्नै गाउँठाउँमा सामान्य बिमारको पनि उपचार नपाइने भयो।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको कर्मचारी समायोजनको मारमा सुदूरपश्चिमका अस्पताल परेका छन्। यसै कारण सुदूरपश्चिमका अस्पताल डाक्टरविहीन बनेका हुन्। सुदूरपश्चिम प्रदेशका अस्पतालमा कार्यरत नवौं, दसौं र एघारौं तहका डाक्टरको पदस्थापन अन्यत्र भएकाले समस्या आएको हो। धनगढीस्थित सेती अञ्चल अस्पताल, महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पताल, टीकापुर अस्पताल र मालाखेती अस्पतालमा नवौं तहभन्दा माथिका धेरै डाक्टरको पदस्थापन प्रदेशबाहिरका अस्पतालमा भइसकेको छ। सुदूरपश्चिमबाट ११ जना विशेषज्ञ डाक्टरको अन्य प्रदेशमा पदस्थापन भएकोमा सुदूरपश्चिम प्रदेशमा बाहिरबाट एकजना मात्रै विशेषज्ञ डाक्टर आउने भनी सार्वजनिक भएको छ।

सेती अञ्चल अस्पतालमा ११औं तहका तीन, १०औं तहका चार र नवौं तहका चार गरी ११ विशेषज्ञ डाक्टर कार्यरत रहेकोमा स्वास्थ्य मन्त्रालयले आठजनाको अन्यत्रै समायोजन गरी पदस्थापन गरेको छ। सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले समायोजनमा परी यहाँका विशेषज्ञ डाक्टर अन्य प्रदेशमा गएको र अन्यत्रबाट यहाँ नआएकाले बिरामीको उपचार गर्न कठिनाइ भएको बताए। ‘११औं तहको म, १०औं तहका खगेन्द्र भट्ट र नवौं तहका जगदीश जोशीले मात्र यही प्रदेश रोज्यौं। त्यसैले हामीमात्र यसै अस्पतालमा छौं,’ उनले भने, ‘अन्य डाक्टर बाहिर गएकाले सेती अञ्चल अस्पतालका वार्ड नै बन्द हुने अवस्थामा आएको छ।’ भदौमा सेवानिवृत्त हुने डा. बिसनसिंह बोहरालाई अहिले फाजिलमा राखिएको उनले बताए।

सेती अञ्चल अस्पतालमा करारमा कार्यरत ११औं तहका डाक्टर अशोक श्रीपाइली, १०औं तहका शेरबहादुर कमर, नवौं तहका दिनेश सिवाकोटी, होमप्रसाद पन्त र सुरेन्द्र बस्नेतको भेरी अञ्चल अस्पताल नेपालगन्जमा पदस्थापन भएको छ भने १०औं तहका कपिल गौतमको पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रमोद जोशीको कान्ति बाल अस्पताल काठमाडौंमा पदस्थापन भएको छ। ‘पहिले नै दरबन्दीअनुसारका चिकित्सक थिएनन्, दरबन्दीमा भएका विशेषज्ञ डाक्टर पनि अन्यत्र गएपछि अस्पतालको अवस्था विकराल भएको छ,’ मेडिकल सुपरिटेन्डेन्ट पाण्डेले भने, ‘आइसियू, नाक, कान, घाँटीलगायतका विशेषज्ञ सेवा दिन सकिने अवस्था छैन।’ प्रदेश सरकार, विभागीय मन्त्रालय सबैतिर यो समस्या अवगत गराएको उनले बताए। यस प्रदेशमा विशेषज्ञ चिकित्सक नहुँदा अस्पताल विकास समितिले पदपूर्तिका लागि विज्ञापन गर्दा पनि आवेदन नपरेको उनले बताए।

यस्तै महाकाली अञ्चल अस्पतालमा तीन विशेषज्ञ डाक्टर कार्यरत रहेकोमा दुईको प्रदेशबाहिरका अस्पतालमा पदस्थापन भएको छ। नवौं तहका शम्भुदत्त जोशीको प्रदेशमै पदस्थापन भए पनि नवौं तहकै हरिकुमार श्रेष्ठलाई पुल दरबन्दीमा राखिएकाले उनको पनि अन्यत्र पदस्थापन हुने बताइएको छ। १० औं तहका डाक्टर श्रीकृष्ण भट्टको कान्ति बाल अस्पताल काठमाडौंमा पदस्थापन भएको अस्पताल प्रशासनले जनायो।

महाकाली अञ्चल अस्पतालले स्थापनाकालदेखि नै दरबन्दीअनुसारका चिकित्सक पाउन नसकेको अवस्थामा अहिले भएका डाक्टरसमेत अन्यत्र पदस्थापन भएपछि उपचार सेवा दिनै असहज भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हरिकुमार श्रेष्ठ बताउँछन्। डडेल्धुरा अस्पतालमा पनि विशेषज्ञ डाक्टरका सबै दरबन्दी रिक्त छ। अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारीसमेत मेडिकल अधिकृतले सम्हालेका छन्। अस्पतालमा १० औं तहका डाक्टर बद्री रिजाल मात्रै छन्। नवौं तहका डाक्टर शोभित थापाको यसै अस्पतालमा पदस्थापन भए पनि उनी असाधारण बिदामा छन्। अस्पतालका मेडिकल सुपरिटेन्डन्ट जितेन्द्र कँडेलले आठौं तहका डाक्टरको पनि अन्यत्र पदस्थापन भएपछ सेवा सञ्चालन गर्न नै मुस्किल हुने बताए।

सेती अञ्चल, महाकाली अञ्चल र डडेल्धुरा अस्पतालबाहेक मालाखेती अस्पताल र टीकापुर अस्पतालमा विशेषज्ञ डाक्टरको दरबन्दी भए पनि चिकित्सक छैनन्। टीकापुर अस्पतालमा कार्यरत १० औं तहका डाक्टर नरेन्द्र खनालको स्वास्थ्य सेवा विभागमा पदस्थापन भएको छ भने मालाखेती अस्पतालका नवौं तहका डाक्टर शिवराज पनेरुले पनि संघमै पदस्थापन रोजेकाले उनको समेत संघ मातहतका अस्पतालमा पदस्थापन हुने देखिएको छ। सुदूरपश्चिममा डडेल्धुरा अस्पतालबाहेक अन्य सबै अस्पताल र स्वास्थ्य चौकी प्रदेश तथा स्थानीय सरकार मातहत छन्।, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।