४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

एक चिकित्सकको भरमा सयौ सेवाग्राही

एक चिकित्सकको भरमा सयौ सेवाग्राही
अ+ अ-

सिन्धुली । मध्याह्न १२ बजे जिल्ला अस्पताल पुग्दा सेवाग्राहीको भिड थियो। बिहानैदेखि लाममा बसेर पनि उपचार तथा चिकित्सकको परामर्श नपाएको भन्दै सेवाग्राही आक्रोशित देखिन्थे। बिरामीको भिड भए पनि जाँच गर्ने चिकित्सक बस्ने कोठा प्रायः खाली थिए। एकजनामात्रै चिकित्कले बिरामीको जाँच गर्नुपर्ने अवस्था थियो।

सरकारले ल्याएको कर्मचारी समयोजनअनुसार कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीसहित ५७ जनाको एकैपटक सरुवा भएपछि जिल्ला अस्पताल अस्तव्यस्त भएको हो। बिरामीले सहज उपचार नपाएपछि अस्पतालमा समस्या भएको छ। आइतबार बिहान ९ बज्न नपाउँदै टिकट काट्न लाममा बसेका कमलामाई नगरपालिका ६ का किरण श्रेष्ठले मध्याह्न १२ बजेमात्रै पालो आएको बताए। ‘बल्लबल्ल जाँच त गराउन पाइयो,’ उनले भने, ‘टिकट काट्दा बालरोग विशेषज्ञको कोठामा जानुस् भने तर उक्त कोठामा बस्ने चिकित्सक नभएपछि कोठा नै खुलेको रहेनछ।

अर्कै एक चिकित्सकलाई बच्चा जाँच गराएर फर्किएँ,’ उनले भने। कर्मचारी समायोजनले अस्पतालका स्थायी कर्मचारी सबैको एकैपटक सरुवा भएपछि समस्या पैदा भएको अस्पताल विकास समितिले जनाएको छ। ‘बिरामी जाँच गर्ने हामीसँग तीन डाक्टरमात्रै छन्,’ अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले भने, ‘एकजना करार सेवामा कार्यरत फिजिसियन र २ जना मेडिकल अधिकृतबाहेक अरु विशेषज्ञ चिकित्सक सबै सरुवा भइसके।’ चिकित्सक सरुवा भएपछि रिक्त दरबन्दीमा अरु चिकित्सक नआउँदा समस्या थपिएको उनको भनाइ छ।

अध्यक्ष पोखरेलका अनुसार हाल सिन्धुली जिल्ला अस्पतालमा मेडिकल सुपरीटेन्डेन्ट ११ औं तहका १, प्रमुख मेडिकल अधिकृत १०औं तहका १, बाल विशेषज्ञ, अर्थोसर्जन, रेडियोलोजिस्ट, बेहोस पार्ने चिकित्सक, मेडिकल अधिकृत सबैको दरबन्दी खाली छ। दैनिक तीन सयभन्दा बढी बिरामी अस्पतालमा आउने गरे पनि चिकित्सक नहुँदा समस्या भएको छ। नौजना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा करारका एकजनासहित तीनजना डाक्टर कार्यरत छन्। मेडिकल अधिकृत तहका पाँच दरबन्दी भए पनि खाली जस्तै अवस्था रहेको अस्पतालले जनाएको छ। कर्मचारी समायोजनपछि डेन्टल सर्जन पनि सरुवा भइसकेका छन्, अध्यक्ष पोखरेलले भने, ‘सातौं तहको सिस्टरको पद पनि रिक्त भएको छ।

हाल जिल्ला अस्पतालमा १० औं तहकी गाइनोलोजिस्ट डा. सुमित्रा गौतम भए पनि उनको पनि सरुवा भइसकेको अस्पतालले जनाएको छ। ल्याब टेक्निसियन, फार्मेसी अधिकृत सबै खाली हुँदा बिरामीले घण्टौं लाममा बस्नुपर्ने बाध्यता छ। अस्पतालमा स्टाफ नर्सको दरबन्दी १२ वटा भए पनि हाल १ जनामात्रै रहेको र ती पनि सुत्केरी बिदामा बसेको अस्पताल विकास समिति अध्यक्षको भनाइ छ। समायोजनपछि धमाधम सरकारले खटाएको क्षेत्रमा चिकित्सक सरुवा भएर गएको तर यहाँ चिकित्सक नपठाइएको एक कर्मचारीले बताए। सिन्धुली अस्पताल प्रदेश सरकार मातहत छ।

समायोजनमा परेका सबै स्वास्थ्यकर्मीले संघ र स्थानीय तह रोजेका कारण अस्पताल यस्तो अवस्थामा पुगेको प्रमुख डा। गौतमले बताइन्। अस्पतालका प्राविधिक तथा विशेषज्ञ चिकित्सकको एकैपटक सरुवा भएको तर यहाँ अरुलाई नपठाइएकाले समस्या भएको उनले बताइन्। ५० शड्ढयाको यो अस्पताल अहिले चिकित्सक अभावमा अस्तव्यस्त भएको सेवाग्राही जोशल ढकालले बताए। अस्पताल परिसरमा रहेका ढकाल सेवाग्राहीले दिनभर लाम बस्दा पनि सेवा पाउन मुस्किल पर्ने गरेको बताउँछन्।

समयमा उपचार पाउन नसकेको भन्दै सेवाग्राहीले अस्पताल विकास समितिका अध्यक्ष पोखरेलाई अस्पताल प्रांगणमै घेराउ गरे। अस्पतालमा विशेषज्ञ चिकित्सक नभएको र घण्टौं लाम बस्दा पनि सेवा नपाएको भन्दै अस्पताल विकास समिति अध्यक्षलाई सेवाग्राहीले घेरेको अस्पतालले जनाएको छ। ‘समायोजनमा सबै कर्मचारी गए, यहाँ नयाँ आएनन्, अब मैले सेवाग्राहीलाई के भन्ने,’ पोखरेलले भनेको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।