४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

फागुनमा सकिन लागेको १११ मेगावाटको रसुवागढीमा बाढी-पहिरोबाट तेस्रोपटक क्षति

फागुनमा सकिन लागेको १११ मेगावाटको रसुवागढीमा बाढी-पहिरोबाट तेस्रोपटक क्षति
अ+ अ-

काठमाडौं । आउँदो फागुनदेखि व्यावसायिक उत्पादन सुरु गर्ने गरी निर्माण द्रुत गतिमा बढेको १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा पटक–पटकको बाढी–पहिरोबाट क्षति पुगेको छ । असार ५ गते पहिरोबाट खेपेको आयोजनाले भदौ १ गते राति भोटेकोसी नदीमा आएको भीषण बाढीले क्षति पुर्‍याएको हो । एक वर्षअघि साउन २२ गते आएको बाढीले पनि आयोजनाको एउटा किनारको कफर ड्याम (बाँध) र राजमार्गको पुल बगाएको थियो ।

आइतबार मध्यरातमा आएको बाढीले आयोजनाको हेडवर्क्सतर्फ नदीका दुवै किनारमा बनाइएका करिब ५० मिटर लामा दुईवटै ‘कफर ड्याम’ बगाएको छ । हेडवक्र्सको पहुँचमार्गका रूपमा आयोजनाको क्याम्पनजिकै रहेको बेलिब्रिजसमेत बगाएको छ । यसबाट आवत–जावत बन्द भएको आयोजना प्रमुख छवि गैरेले बताए ।

‘नदीको बहाव आयोजनाको संरचनामाथिबाट नै बगिरहेको छ,’ उनले भने, ‘राति एक्कासि बाढी आएपछि आयोजनामा काम गरिरहेका सबै जनशक्ति गरी ४५ जना हामी सुरक्षित स्थानमा गएका थियौँ, बाढी कम भएपछि मात्र क्याम्पमा आउन सक्यौँ ।’ ७२ प्रतिशत निर्माण कार्य सकिएको आयोजनाबाट आउँदो फागुनसम्म व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य थियो ।

बाढीले आयोजना प्रभावित रसुवाको टिमुरे गाउँको फोहोर व्यवस्थापन केन्द्र ‘इन्सिनेरेटर’ (फोहोर जलाउने भवन) पनि पूर्ण रूपमा बगाएको छ । त्यहाँ गत जेठदेखि स्थानीय बासिन्दाले गाउँको फोहोर व्यवस्थापन गर्दै आएका थिए ।

गैरेका अनुसार खोलाको बहावले ‘आउटलेट’तर्फ पनि क्षति पुर्‍याएको छ । सो स्थानमा राखिएका ठेकेदारका फलामे डन्डी, फर्मा र अन्य उपकरण बगाएको छ ।आयोजनाको भूमिगत संरचनातर्फ सुरुङ, डिसेन्डर बेसिन, भूमिगत विद्युत्गृह, ट्रान्सफर्मर क्याभर्नलगायतको काम भने अघि बढिरहेको छ । आयोजनाको इन्टेकको काम भने सकिसकेको छ । बाढीले कति क्षति पुर्‍यायो भन्नेबारे यकिन हुन नसकेको गैरेले बताए । ‘ठेकेदार कम्पनीले आयोजना स्थलमा राखेका निर्माण सामग्री, उपकरणलगायत क्षतिको विवरण आएपछि मात्रै यकिन तथ्यांक थाहा हुन्छ,’ उनले भने ।

उनले आयोजनाको मुख्य संरचनामा ठूलो क्षति नभए पनि पहिरो र बाढीका कारण काम अघि बढाउने अवस्था नरहेको जानकारी दिए । ‘अहिले त सुरक्षालाई प्राथमिकतामा राखेका छौँ,’ उनले भने । गत असारमा आएको पहिरोले भूमिगततर्फको सर्ज ट्यांक र पेनस्टक भर्टिकल साफ्टलगायतका संरचना भत्काएको थियो । उक्त कार्य हालसम्म सुरु हुन सकेको छैन । सन् २०१४ बाट सुरु भएको आयोजना फेब्रुअरी २०२० मा सम्पन्न गर्ने लक्ष्य थियो ।

आयोजनास्थल पुग्ने क्षतिग्रस्त बेलिब्रिज
भूकम्प, बाढी–पहिरोजस्ता विपत्ले आयोजना सम्पन्न हुने मिति भने सर्दै आएको छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी रसुवागढी हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको आयोजनामा चिलिमेको ३३ प्रतिशत, प्राधिकरणको १८ प्रतिशत गरी ५१ प्रतिशत सेयर छ । त्यस्तै, प्रभावित बासिन्दा तथा सर्वसाधारणको ४९ प्रतिशत
सेयर छ ।

१ भदौको बाढीबाट पुगेको क्षति

किनाराका दुई कफर ड्याम, बेलिब्रिज, फलामे डन्डी र उपकरण बगायो


टिमुरे गाउँको फोहोर व्यवस्थापन गर्न बनाइएको इन्सिनेरेटर भवन पनि डुबायो

ठेकेदारले राखेको फलामे डन्डी, फर्मा र अन्य उपकरण बगायो

५ असारको पहिरोबाट पुगेको क्षति

भूमिगततर्फको सर्ज ट्यांक र पेनस्टक भर्टिकल साफ्टलगायतका संरचना भत्काएको थियो ।

कार्य हालसम्म सुरु हुन सकेको छैन ।

२२ साउन, २०७५ को बाढीबाट पुगेको क्षति

किनाराको कफर ड्याम (बाँध) र राजमार्गको पुल बगाएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।